शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाजुराको बुढीगंगामा निर्माण हुन लागेको सबस्टेशनको काम अस्तव्यस्त

बाजुराको बुढीगंगामा निर्माण हुन लागेको सबस्टेशनको काम अस्तव्यस्त

  • बुधबार, जेष्ठ ८, २०८२
बाजुराको बुढीगंगामा निर्माण हुन लागेको सबस्टेशनको काम अस्तव्यस्त

बाजुरा—बाजुराको बुढीगंगा नगरपालिका ६ बाम्का बजार नजिकै निर्माण हुन लागेको सबस्टेशनको काम अलपत्र अवस्थामा रहेको छ ।नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ३३ केभिए लाइनको सबस्टेशन निर्माण सुरु भएको धेरै समय बितिसक्दा पनि काम भने अस्तव्यस्त अवस्थामा रहेको छ ।

नेपाल विद्युत प्राधिकरणको नेपाल वितरण प्रणाली स्तरोन्नति तथा वितरण आयोजना अन्तर्गत बाम्कामा सबस्टेशन निर्माण हुन लागेको हो । परियोजना सन् २०२३ बाट सुरु भएपनि फाउन्डेसन समेत निर्माण हुन सकेको छैन् । विद्युत प्राधिकरणको आयोजना र निर्माण कम्पनीकाे लापरबाहीले काम अस्तव्यस्त रहेको स्थानीयहरुले बताएका छन् ।

नेपाल वितरण प्रणाली स्तरोन्नति तथा वितरण आयोजनाको नामाकरण गरिएको आयोजनालाई युरोपियन इन्भेष्टमेन्ट बैंकको ऋण सहयोग गरेको छ । उक्त ऋण सहयोगको रकमले बाजुरा र बझाङ्ग जिल्लाभरी विद्युतीकरण गर्नका लागि अरबौ लगानीमा विभिन्न काम भइरहेको छ । सबस्टेशन बाम्काकोे निर्माण भारतीय कम्पनी रहेको छ । निर्माण कम्पनी अब्सोलुट प्रोजेक्टस इन्डिया लिमिटेड रहेको छ । परार्मशदाता कम्पनीका रुपमा पावोर ग्रिड कर्पोरिशन अफ इन्डिया लिमिटेड—जेट कन्सल्ट प्राइभेट लिमिटेड रहेको छ ।

विद्युत प्राधिकरणले निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । पहिलो चरणमा ५३ लाख २४ हजार ६ सय ६१ खर्च गरेर फाउन्डेसन सहित केही पर्खाल चिनेको थियो । फेरि विद्युत प्राधिकरणले पर्खाल र फाउन्डेसन आफै काम गर्ने गरी लिएको थियो । प्राधिकरणले करिब १ करोड रकमको आफै टेन्डर गरेको थियो । प्राधिकरणले बाम्का सहित ४ ठाउँका लागि ४ करोड टेन्डर गरेर काम गरेको विद्युत प्राधिकरणका विजय सेन खड्काले बताए । फेरि प्राधिकरणले सबस्टेशन निर्माणका लागि परियोजनालाई हस्तान्तरण गर्ने तयारीमा रहेको छ ।

परियोजनालाई दिइसकेको काम फेरि प्राधिकरणले काम गर्नु पक्कै पनि यसमा कैफियत रहेको नागरिक अगुवा मिन बहादुर कटुवालले बताए । अर्को यो बारेमा विद्युत प्राधिकरण बाजुराका शाखा र विद्युत प्राधिकरण प्रदेश शाखालाई भने यो बारे कुनै जानकारी नभएको पाइएको छ । अनुगमन तथा मुल्याकंन नहुँदा समयमै काम नभएर यो परियोजनाका काम अलपत्र अवस्थामा रहेका छन् ।

उता बाजुराको कोल्टीमा १६ करोडमा लगानी निर्माण हुन लागेको सबस्टेशन काम गर्ने मिति सकिदा सम्म जम्मा ४० प्रतिशत जति सम्पन्न भएको छ । भारतबाट सामान आउन ढिलाइ र भन्सारमा समस्या हुँदा समयमै काम सम्पन्न हुन नसकेको परियोजनाका सन्तोष पन्तले बताए । हामी जतिसक्दो चाडो काम सम्पन्न गर्ने योजनामा रहेको बताए

कोल्टी सबस्टेशन परियोजनाको काम गर्ने सुरुवात मिति ०१ मार्च २०२३ बाट सुरु हुने सम्झौता रहेको छ । सम्झौता हुँदा ७ सय ३० दिन अर्थात दुई बर्षमा काम सक्नुपर्ने रहेको छ । आयोजना र निर्माण कम्पनीको लापरबाहले काम अस्तव्यस्त रहेको स्थानीयबासीले बताएका छन् । काम सम्पन्न गर्ने मिति सकिदा सम्म काम कहिले सम्पन्न हुने कुनै अत्तोपत्तो नभएको स्थानीय सामाजिक अगुवा अनिल बहादुर शाहीले बताए

बाजुराका पुर्वोउत्तर क्षेत्रका ४ पालिका, मुगु र हुम्लाका केही पालिकालाई लक्षित गरेर सबस्टेशन निर्माण हुन लागेको छ । सबस्टेशन निर्माण हुने बित्तिकै मार्तडीबाट कोल्टीसम्म विद्युत लाइन बिस्तार गर्ने लक्ष्य रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले जनाएको छ । बाजुराको दोस्रो ठुलो बजार कोल्टी लगायत चारवटा पालिकामा विद्युत नहुँदा स्थानीयले समस्या भोग्दै आएका छन् ।

कोल्टी सबस्टेशन निर्माण भएर विद्युत प्रवाह भएमा त्यस क्षेत्रका बासिन्दा अध्यारोबाट मुक्त हुने थिए । तर काम नै लथालिङ्ग रहेको स्थानीय रोशन बहादुर शाहीले बताए । उक्त परियोजनाबारे बाजुराबासी तथा स्थानीय तह प्रशासन समेत बेखबर रहेका छन् । सबस्टेशन मात्र नभइ बाजुरामा निर्माण भइरहेका अन्य सबस्टेशन देखी विद्युत लाइन बिस्तार समेत अस्तव्यस्त रहेको छ । विद्युतका पोल तार तथा अन्य काम लथालिङ्ग अवस्थामा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार