
बाजुरा– जिल्लाको बुढिगंगा नगरपालिकाले ३ महिने आधारभुत बेसिक कम्प्युटर कोर्स निशुल्क अध्यायन गराउन थालेको छ । बुढिगंगा नगरपालिका र सिप बिकाश केन्द्रको सहयोगमा बुढीगङगा नगरपालिका वडा न १,२ र ३ मा बेसिक कम्प्युटर कोर्स अध्यायन सचालन गरिएकाे हाे ।
३ वटा वडामामा सुरु गरिएको कम्पुटर कोर्षको एक कार्यक्रमका बिच उद्धघाटन समेत गरिएको छ । सो कार्यक्रमको बुढीगंगा नगरपालिका उपप्रमुख माया कुवँरको प्रमख आतिथ्यमा उद्धघाटन गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यंक्रममा बुढिगगा नगरपालिका सीप विकास संयोजक महेश जोशी समेत अतिथि रहेका थिए । सो कक्षा संचालन अल गुड डीसिजन सोलुसन कम्प्युटर ईन्स्टिच्युले गर्ने भएको छ । मेराे शिप मेराे राेजगारीकाे आधार भन्ने नाराका साथ सिप बिकास केन्दद्धारा बुढीगंगा नगरपालिकाले बिभिन्न सिप बिकाश तालिम दिएर राेजगार बनाउने कार्य भइरहेकाे नगर उपप्रमुख खड्काले बताएकी छन । सिप बिकाश केन्दद्धारा पालिकाले बिभन्न तालिम श्रृजना गरी कार्य गरिरहेकाे छ ।
