• होमपेज
  • बडिमालिका
  • गौमुलको आर्गनिक सुन्तला मार्तडी बजारमा बिक्री हुदैँ

गौमुलको आर्गनिक सुन्तला मार्तडी बजारमा बिक्री हुदैँ

  • बुधबार, माघ २, २०८१
गौमुलको आर्गनिक सुन्तला मार्तडी बजारमा बिक्री हुदैँ

टेक बहादुर बुढा– बाजुराको गौमुल गाउँपालिकामा उत्पादित आर्गनिक सुन्तला सदरमुकाम मार्तडीबाट बिक्री हुन थालेको छ । गौमुल गाउँपालिका ४ रेडिखेल्नामा उत्पादन भएको सुन्तला सदरमुकामसम्म ढुवानी गरेर बुधवार देखि मार्तडी बजारमा बिक्री हुन थालेको हो ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम साहानीले बजारीकरणका लागि गौमुल गाउँपालिकाको समन्वय तथा ज्ञान केन्द्रको ढुवानी अनुदानमा मार्तडीमा बिक्री गर्न थालेको बताए । ढुवानी र बजारीकरणको अभावमा बारीमै थन्किएको सुन्तला बिक्रीका लागि ढुवानी अनुदानबाट आजबाट बिक्री गर्न सुरु भएको उनले बताए ।

त्यस्तै सुन्तला उत्पादक कृषक पारु रोकायाले आफूले सरस्वती पूजा बहुउदेश्यीय कृषि फर्म खोलेर लामो समयदेखि सुन्तला उत्पादन गर्दै आएको भएपनि बजारीकरण नहुँदा बारीमै खेर जाने गरेको गुनासो गरिन् । तर यस बर्ष भने गाउँपालिका र कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान सहयोग गरेपछि बजारसम्म पुगाउन सफल भएका उनले बताइन् । त्यस्तै कृषक रोकायाले अहिले बारीमा ५ सय बोट सुन्तला फलेर पाकिसकेको र आजबाट मार्तडीमा बिक्री कक्ष स्थापना गरेर बिक्री गर्न थालेको बताइन् । मार्तडी बजारमा अहिले प्रतिकेजी एक सय रुपैयाँमा बिक्री गरी रहेकाे उनले बताइन् ।

गाैमुल गाउँपालिकाकाे समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराले कृषकलाई सहुलियत हाेस भन्ने उदेस्यले मार्तडी सम्म ढुवानीका लागि समन्वय गरिएकाे गाैमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले बताएकी छन ।  पछिल्लो समय जिल्लामा कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान दिन थालेपछि फलफूल तथा कृषि उपज वस्तुहरु बजारीकरण तथा बाहिर निर्यातमा वृद्धि भएको छ ।

चर्चामा

सम्बन्धित समाचार