बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • एमाले बडीमालिका ६ को वडा अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन

एमाले बडीमालिका ६ को वडा अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन

  • बिहिबार, मंसिर २७, २०८१
सेयर गर्नुहोस् :
एमाले बडीमालिका ६ को वडा अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन

बाजुरा —नेकपा एमाले बडीमािलका नगरपालिका वडा नम्बर ६ को वडा अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । मंगलबार सुरु भएको वडा अधिवेशनबाट सर्वसम्मत रुपमा पार्टी वडा समितिमा नयाँ नेतृत्व चयन भएको हो ।

जसमा अध्यक्षमा प्रम बडुवाल र सचिवमा दनि लवार चयन भएका छन् । त्यस्तै उपाध्यक्षमापुने दानि, सहसचिवमा भक्त खड्का, बिमला दानि लगायतका पदाधिकारी सर्वसम्मत चयन भएको जनाएको छ ।

कोर्धमा सुरु भएको वडा अधिवेशनको उद्घाटन एमाले केन्द्रीय सदस्य लाल बहादुर थापाले गरेका थिए ।

त्यस्तै वडा अधिवेशन उद्घाटन कार्यक्रममा दर्जन बढी परिवार नेपाली कांग्रेस पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको जनाएको छ । एमाले नेताका अनुसार कोर्धमा करिब ३२ बढी परिवारले नेपाली कांग्रेस पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बाजुरा उपसभापति तथा पुर्व नगरप्रमुख पदम बडुवालको वडामा कांग्रेस छाडेर एमाले प्रवेश गर्नेको लर्को लागेको उनले दावि गरे । पार्टीमा नवप्रवेशीहरुलाई नेताहरुले खादा मालासहित स्वागत गरेको एमाले बाजुरा जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज कृष्ण खड्काले जानकारी दिएका छन् । उनले ६ नम्बर वडाको वडा अधिवशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरेर भव्यताका साथ सम्पन्न भएको बताए ।

चर्चामा

सम्बन्धित समाचार