सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ८ को वडा अध्यक्ष फुटवल कप प्रतियोगिता सुरु

बडिमालिका ८ को वडा अध्यक्ष फुटवल कप प्रतियोगिता सुरु

  • आइतवार, कार्तिक ११, २०८१
बडिमालिका ८ को वडा अध्यक्ष फुटवल कप प्रतियोगिता सुरु

बाजुरा ११ कार्तिक– बाजुरा जिल्ला सदरमुकाम रहेको बडिमालिका नगरपालिका ८ को वडा अध्यक्ष फुटबल कप प्रतियोगिताको आईतबारबाट सुरु भएको छ । बडिमालिका नगरपालिका वडा नम्वर ८ को आयोजनामा संचालन भएको प्रतियोगिताको उद्घाटन बडिमालिका नगरपालिकाकी उप प्रमुख नन्दा थापाले गरेकी छन् ।
बडिमालिका नगरपालिका भित्रका खेलाडीहरुले मात्र खेल्न पाउने ब्यवस्थाका साथ फुटबल प्रतियोगिता सुरु भएको कार्यक्रम संयोजक शेरजंग रावले जानकारी दिएका छन् ।
बडिमालिका नगरपालिकाका १ देखी ९ नम्वर वडासम्मका १५ वटा टिमले खेलमा सहभागीता जनाउने भएको छन । लिग चरणबाट खेलाईने फुटबल प्रतियोगिता कार्तिक १५ गतेसम्म चल्ने आयोजकले बताएको छ ।
बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिकाकी उप प्रमुख नन्दा थापा हरेकी थिईन । त्यस्तै बडिमालिका नगरपालिकाका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय ९ नम्वर वडा अध्यक्ष सुर्यकिरण विकलगाएत कार्यपालिका सदस्य लगाएको उपस्थिति हरको थियो ।
वडा अध्यक्ष कप प्रतियोगितको बिजेता टिमले ट्रफी सहित रु २५ हजार नगर पाउने छन भने उप बिजेताले ट्रफी सहित १५ हजार नगर पुरस्कार पाउने छन् ।
फुटबल प्रतियोगित सदरमुकाम मार्तडीमा रहेको क्रियटर एकेडेमीको खेल मैदानमा 7A Side खेलाईने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार