बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुराकाे जगन्नाथमा मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु एक घाइते

बाजुराकाे जगन्नाथमा मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु एक घाइते

  • बिहिबार, कार्तिक ८, २०८१
बाजुराकाे जगन्नाथमा मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु एक  घाइते

बाजुरा– जगन्नाथ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने १ जना घाइते भएका छन। मृत्यू हुने मा सान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर ८ मुम्रा कालिकोटका स्थानिय मोटरसाइकल चालक समेत रहेका वर्ष २९ का खेमराज बुढा रहेका छन् ।

घाइते हुनेमा घाइते बाजुरा जगन्नाथ गाउँपालिका वडा नम्बर ४ नाराकोटका स्थानिय ३७ वर्षिय खडक भण्डारी रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक दिलप गिरीले बताएका छन ।

 जगन्नाथ गाउँपालिका वडा नम्बर ५ स्थित भुकाखाेला नजिकै  कालिकोटबाट आउने क्रममा गएराति करिव बजे १० दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख गिरीले बताए ।

 कर्णाली करिडोर सडक बाट कर्णाली  प्रदेशकाे ४८१ नम्बरको मोटरसाइकल करिब २०० मिटर तल खसेर दुर्घटना भएको उनले बताए ।    घाइते भण्डारीको जगन्नाथ गाउँपालिकाको दश शैया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।मृतककाे लासलाइ कालिकाेट पठाइएकाे र घाइतेकाे उपचार र अनुसन्धन भइरहेकाे ल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार