बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकामा नगर प्रवक्ताको नेतृत्वमा छड्के अनुगमन, अधिकांश कर्मचारी अनुपस्थित

बडीमालिका नगरपालिकामा नगर प्रवक्ताको नेतृत्वमा छड्के अनुगमन, अधिकांश कर्मचारी अनुपस्थित

  • बुधबार, कार्तिक ७, २०८१
बडीमालिका नगरपालिकामा नगर प्रवक्ताको नेतृत्वमा छड्के अनुगमन, अधिकांश कर्मचारी अनुपस्थित

बाजुरा—बाजुराको बडीमालिका नगरपालिकामा अधिकांश कर्मचारीहरु अनुपस्थित रहेको पाइएको छ । बुधवार नगर प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको नेतृत्वमा गरिएको छड्के अनुगमनमा कर्मचारीहरु अनुपस्थित रहेको पाइएको हो ।

दशैं तिहारको बिचमा कोहि कर्मचारी काजमा, कोही बिदामा र कोहि नगरपालिकालाई जानकारी नदिएरै बिदामा बसेको खुलेको छ । नगरपालिकामा ५४ जना कर्मचारी कार्यरत रहेकोमा ९ जना काजमा, ५ जना बिदामा, ३ जना जानकारी बिना बिदामा बसेका र ३ जना हाजिरी लगाएर पनि अनुपस्थित रहेका नगर प्रवक्त धर्मराज पाध्यायले बताएका छन् । पटकपटक अधिकांश कर्मचारीहरु कार्यालयमा अनुपस्थित हुने गरेको भन्दै आज छड्के अनुगमन पछि कर्मचारी बैठक बसेर छलफल भएको र यस बिषयलाई कार्यपालिका बैठकमा लिएर थप छलफल गरिने उनले बताएका छन् ।

गत फागुनदेखि बडीमालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा कार्यरत रहेका बमबहादुर केशीको असोज पछिल्लो सातामै सरुवा भएपछि एक महिनादेखि नगरपालिका हाकिम बिहिन बनेको छ । नगरपालिकाका नगरप्रमुख, उपप्रमुख सहित दर्जन बढी कर्मचारीहरु अनुपस्थित हुँदा नगरपालिका सुनसान बनेको छ भने सेवा प्रवाहमा समेत समस्या हुने गरेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।

दशै तिहारमा नगरपालिकामा खासै काम पनि नहुने र नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत पनि नभएको भन्दै अधिकांश कर्मचारी बिदामा बस्ने गरेको स्रोतले बताएको छ । उसोत नगरपालिकामा जनप्रतिनिधिहरुको निर्देशन नमान्ने गरेको आरोप कर्मचारीमाथि लाग्ने गरेको छ ।
नगरपालिकामा यस अघि पनि कर्मचारीहरुकै आन्तरिक द्धन्द्धले नगरपालिकाको बारेमा नागरिक तहमा विभिन्न टिकाटिप्पणी हुन थालेपनि निकाश भने अहिलेसम्म हुन सकेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार