मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इजिप्ट मलेरियामुक्त देश घोषणा

इजिप्ट मलेरियामुक्त देश घोषणा

  • मङ्लबार, कार्तिक ६, २०८१
इजिप्ट मलेरियामुक्त देश घोषणा

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इजिप्ट (प्राचीन नाम मिस्र) लाई आधिकारिक रुपमा मलेरियाबाट मुक्त घोषणा गरेको छ । इजिप्टलाई मलेरियाबाट मुक्ति दिलाउने यो सफलता करिब एक शताब्दीको प्रयासपछिको परिणाम हो । इजिप्ट प्राचीनकालदेखि नै मलेरियाबाट त्रस्त थियो ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सी डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले सोमबार भनेका छन्, ‘मलेरियाको बिमारी त्यति पुरानो हो जति स्वयं इजिप्टको सभ्यता प्राचीन छ । तर इजिप्टको प्राचीन शासकहरुलाई सताउने यो बिमारी अब इतिहासका पन्नामा समेटिएको छ र भविष्यका लागि यसको खतरा समाप्त भएको छ ।’

उनले भने, ‘इजिप्टलाई मलेरिया मुक्त घोषणा गर्ने यो निर्णय वास्तवमै ऐतिहासिक हो र यो त्यहाँका जनता र सरकारको प्रतिबद्धताको प्रमाण पनि हो ।’

विश्व स्वास्थ्य संगठनले इजिप्टलाई मिलेको यो सफलतालाई विश्वभर भइरहेको मलेरियाविरुद्धको लडाइँको अति महत्वपूर्ण विजयको प्रतीक भनेको छ । ‘१० करोडभन्दा बढी जनसंख्या भएको इजिप्टमा यो सफलता साँच्चै नै अहम् छ,’ डब्ल्यूएचओले भनेको छ ।

डब्ल्यूएचओको पूर्वी भूमध्यसागर क्षेत्रका देशहरुको सूचीमा इजिप्ट केबल तेस्रो देश हो जसले मलेरिया–मुक्तको प्रमाणपत्र पाएको छ । यसअघि डब्ल्यूएचओले यूएई र मोरक्कोलाई मलेरियामुक्त देश घोषणा गरेको थियो । यूएई २००७ मा र मोरक्को २०१० मा मलेरिया मुक्त देश घोषणा भएका थिए ।

डब्ल्यूएचओका अनुसार हालसम्म विश्वभर मलेरिया मुक्त ४४ देश र एक क्षेत्र छन् ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर मलेरिया मुक्त देशहरुको सूची बढ्दै गएको भन्दै खुसी व्यक्त गरेका छन् ।

उनले इजिप्टलाई बधाई दिँदै भनेका छन्, ‘इजिप्टको यो सफलता अन्य देशका लागि एक प्रेरणाको स्रोत हो । संशाधनको सदुपयोग र सही प्रयोगले धेरै कुरा हासिल गर्न सम्भव छ ।’

चर्चामा

सम्बन्धित समाचार