बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • बडिमालिका
  • राष्ट्रपति पौडेल बाजुराकाे बडीमालिका तीर्थयात्रामा

राष्ट्रपति पौडेल बाजुराकाे बडीमालिका तीर्थयात्रामा

  • बिहिबार, कार्तिक १, २०८१
राष्ट्रपति पौडेल बाजुराकाे बडीमालिका तीर्थयात्रामा

बाजुरा– बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल बाजुरा आइपुगेका छन्‌ । बिहिबार बिहान  यहाँ आइपुगेका राष्ट्रपति  पौडेल केही समयमा बडिमालिका दर्शन गर्ने जाने कार्यक्रम रहेकाे जनाइएकाे छ ।  राष्ट्रपति  पौडेलकाे  बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ  । त्रिबेणी नगरपालिकाका अनुसार बिहान बडिमालिका दर्शन र त्यसपछी  नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको  जनाएकाे छ ।

भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे पनि छन्‌ । राष्ट्रपति पाैडेल आज नै काठमाडौं फर्कनेछन्‌ । असोज २१ गते आउने भनिएको कार्यक्रम तयारी अपुगका कारण स्थगीत गरिएको थियो । बाजुरा आउने अवसर पारी सुदूरकै भूस्वर्गका रुपमा  धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको अवलोकन तथा दर्शन गर्ने कार्यक्रम पनि तय गरिएको जनाइएकाे छ ।

बडीमालिकाको दर्शनसंगै पर्यटकका लागि निर्माण गरिएको नाटेश्वरी मन्दिरको समुद्घाटन  कार्यक्रम तय गरिएकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ । भ्रमण तालिका तय भइ उद्घाटनको सम्पूर्ण तयारी पुरा भइसकेकाे त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार