• होमपेज
  • फुटबल
  • बाजुरामा हुने छेडेदह गोल्डकपको मिति सर्‍यो

बाजुरामा हुने छेडेदह गोल्डकपको मिति सर्‍यो

  • मङ्लबार, अशोज २९, २०८१
बाजुरामा हुने छेडेदह गोल्डकपको मिति सर्‍यो

बाजुरा —बाजुरामा सञ्चालन हुने सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता छेडेदह गोल्डकप २०८१ को मिति सरेको छ । आयोजक छेडेदह स्पोर्टस् क्लबले यस अघि कात्र्तिक १ देखि ७ गतेसम्म छेडेदह गोल्डकप हुने भने पनि विविध कारणले २ दिन पछाडि सारिएको जनाएको छ ।
आयोजकका अनुसार अब कात्र्तिक ३ गतेदेखि १० गतेसम्म हुने भएको छ । हरेक वर्ष दशैं तिहार बिशेष हुने फुटबल प्रतियोगिता यो वर्ष देखि गोल्डकपको रुपमा आयोजना हुदैँ छ ।
छेडेदह गोल्डकपमा विजेतालाई तीन लाख र उपविजेतालाई दुई लाख पुरस्कार राशी घोषणा गरिएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा हुने खेल प्रतियोगिता मध्ये यो नै सर्वाधिक धनराशीको आयोजना रहेको दाबी क्लबले गरेको छ ।

खेल क्षेत्रको शान, छेडेदह गोल्डकप बाजुराको पहिचान भन्ने नारा दिएर आयोजना गर्न लागिएको आयोजकले बताएको छ । खप्तड छेडेदह गाउँपालिका ७ आटीचौरमा २०७६ सालपछि हरेक वर्ष प्रतियोगिता आयोजना हुने गरेको छ । खेल क्षेत्रको विकासमा सहयोग गर्न र खप्तड छेडेदह गाउँपालिकाको आटीचौर क्षेत्रलाई खेल नगरिका रुपमा विकास गर्न प्रतियोगितालाई निरन्तरता दिइदै आएको छ ।

यस अघि प्रतियोगिता छेडेदह कपको नाममा आयोजना हूँदै आएको थियो । पाँचौ छेडेदह कपको समापन समारोहमा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत र उपाध्यक्ष बिशुदेवी नाथले सयुक्त रुपमा छेडेदह गोल्डकपको नामले आयोजना गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार यो वर्षबाट पुरस्कार राशी नै बढाएर छेडेदह गोल्डकप आयोजना गरिएको हो । यो पटक जिल्ला प्रशासन कार्यालय दर्ता भएका टिमलाई मात्रै खेलमा सहभागि गराइने आयोजकले निणर्य गरेको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन नपाएका टिमको हकमा सम्बन्धीत पालिकाको आधिकारीक सिफारिस पत्र हुनु पर्ने छ ।

एन्फा रेफ्रीले खेल खेलाउने छन् । गोल्डकपमा उत्कृष्ट खेलाडी, उदय मान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्ता गरि पाँच विधामा थप पुरस्कार दिइने छ ।

खेलकुदको उदेश्य बोकेर दर्ता भएका क्लबको हकमा मात्रै मान्य हुनेछ । भने पालिकाको लिखित सिफारिस पत्रमा पनि खेलाडीको समेत नाम उल्लेख गरि पठाउनु पर्ने प्रावधान राखिएको अध्यक्ष लोकेन्द्र खड्काले जानकारी दिएका छन् । खेलाडीले अनिवार्य आफ्नो परिचय खुल्ने प्रमाण बुझाउनु पर्ने छ ।

टिममा १८ जना खेलाडी, १ जना प्रशिक्षण र १ जना व्यवस्थापक सहित २० जना हुनु पर्नेछ । भने दर्ता शुल्क १५ हजार र धरौटी रकम ३ हजार तोकिएको छ । खान र बस्नको प्रबन्धक स्वयम टिम वा क्लबले नै व्यवस्थापन गर्नु पर्ने र विदेशी खेलाडीले समेत भाग लिन पाउने प्रावधान राखिएको छ ।

May be an image of 1 person and text

चर्चामा

सम्बन्धित समाचार