• होमपेज
  • विचित्र संसार
  • कर्नाटकका स्कुटर मेकानिकले केरलामा जिते २५ करोडको चिट्ठा

कर्नाटकका स्कुटर मेकानिकले केरलामा जिते २५ करोडको चिट्ठा

  • आइतवार, अशोज २७, २०८१
कर्नाटकका स्कुटर मेकानिकले केरलामा जिते २५ करोडको चिट्ठा

केरला– अल्ताफ पाशाले उनका दुई साथीलाई ५ सय भारतीय रुपैयाँको लट्री टिकट किन्न प्रस्ताव गरे । यो तीनै जना मिलेर लट्री टिकटको पैसा तिर्नका लागि थियो, तर दुबैले प्रस्ताव अस्वीकार गरे। अल्ताफले बीबीसी हिन्दीलाई भने, ‘यसपछि मेरो दिमागमा यो समय भाग्य मेरो साथमा छ भन्ने कुरा आयो।‘ साँच्चै नै यसपटक उनको भाग्य चम्कियो । उनले बुधबार केरलाको ओणम लट्रीमा २५ करोड भारतीय रुपैयाँ जितेका थिए।

कर्नाटकको मैसूरको पाण्डवपुराका स्कुटर मेकानिक अल्ताफले भने, ‘मसँग केही छैन। म भाडाको घरमा बस्छु र मेरो पसल पनि भाडामा छ।’उनकी श्रीमती सीमाले भनिन्, ‘उहाँले विगत १५ वर्षदेखि लट्री टिकट किन्दै आउनुभएको थियो। साथीहरूबाट अफर अस्वीकार भएपछि मैले उहाँलाई अहिले टिकट नकिन्नु भनेँ। किनभने यति वर्षमा उहाँले एक हजार रुपैयाँ पनि जित्न सक्नुभएको थिएन । तर अहिले लट्री जित्नु भयो।”

अल्ताफ केरलाको सुल्तान बाथेरीमा लट्रीको टिकट किनेको ठाउँमा पुगेका थिए । अधिकारीहरूले उनीहरूलाई सार्वजनिक क्षेत्रको बैंकमा चालू खाता खोल्न भनेका छन्।  अल्ताफले भने, ‘लट्री जिते भने के गर्छु भन्ने धेरै सपना देखेको थिएँ। अल्लाहले मेरो कुरा सुन्नुभयो । अब म घर किन्न चाहन्छु, तर यो बिस्तारै हुनेछ।’

चर्चामा

सम्बन्धित समाचार