• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • केरा खाइरहेको समयमा तपाईंले गर्नुहुन्न यस्ता गल्ती

केरा खाइरहेको समयमा तपाईंले गर्नुहुन्न यस्ता गल्ती

  • शनिबार, अशोज १९, २०८१
केरा खाइरहेको समयमा तपाईंले गर्नुहुन्न यस्ता गल्ती

सजिलै उपलब्ध हुने अनि सबैभन्दा लाभदायक फल हो केरा । यसमा प्रशस्त मात्रामा पोषक तत्व हुन्छन् । प्रचुर मात्रामा फाइबर पाइन्छ, जसले पाचन शक्तिलाई बढाउँछ ।
तर धेरैजसो मानिसले केरा खाँदा ठूलो गल्ती गर्छन्, जसले तपाईंको स्वास्थ्यलाई फाइदाको सट्टा हानि पुर्याउन सक्छ । केरा खाइरहेको समयमा तपाईंले पनि यस्ता गल्ती त गरिरहनुभएको छैन ? केरा खाएलगत्तै धेर मानिसहरू पानी पिउने गर्छन् । तर यो बानी पूर्णतया गलत हो । हेल्थलाइनको रिपोर्टअनुसार केरा खाएपछि पानी पिउनु हुँदैन किनभने यसले पेटको समस्या बढाउँछ । वास्तवमा केरामा पोटासियम हुन्छ, जसलाई पानीमा मिसाउँदा पाचनसम्बन्धी समस्या हुन सक्छ । यसले पेटमा एसिडको मात्रा बढाउँछ र यसका कारण एसिडिटी, ग्यास र पेट फुल्ने जस्ता समस्या देखिन थाल्छ ।

पानी कतिबेला पिउने ?

केरा खाइसकेपछि करिब आधा घन्टाको अन्तरालपछि मात्रै पानी पिउनुहोस् । केरा खाने सही समयबारे कुरा गर्ने हो भने यसलाई बिहानको नास्तामा खान सकिन्छ । केरा सधैं यस्तो खानासँग खानु पर्छ जसमा बढी प्रोटिन र फ्याट होस् । केरालाई ग्रिक दही जस्ता खानाको साथमा खान सकिन्छ ।

यस्ता छन् केरा खानुका फाइदाहरू

केराले हामीलाई तनावबाट टाढा राख्छ । केरामा पाइने पोटासियमले तनावको हर्माेनलाई नियन्त्रण गर्छ । केरामा प्रचुर मात्रामा क्याल्सियम हुन्छ, जसले हड्डीलाई मजबुत बनाउँछ । यसमा पाइने ‘भिटामिन ए आँखाका लागि फाइदाजनक हुन्छ । भिटामिन सी र पोटासियमले छालामा चमक ल्याउँछ । कोलाजेन उत्पादनको लागि पनि यसलाई राम्रो मानिन्छ ।

चर्चामा

सम्बन्धित समाचार