आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • देश
  • भारतले उसिना चामलमा लगायो २० प्रतिशत निर्यात शुल्क

भारतले उसिना चामलमा लगायो २० प्रतिशत निर्यात शुल्क

  • आइतवार, भदौ १०, २०८०
भारतले उसिना चामलमा लगायो २० प्रतिशत निर्यात शुल्क

काठमाडौँ — भारतले उसिना चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ । भारतीय बजारमा चामलको मूल्य बढेपछि निर्यात निरुत्साहनस्वरुप भारतले उसिना चामलमा २० प्रतिशत कर लगाएको हो ।

भारतको वित्त मन्त्रालयले शुक्रबार नै सूचना सार्वजनिक गर्दै अक्टोबर १६ सम्म यस्तो कर लगाइएको जनाएको हो । शुक्रबारअघि नै निर्यातका लागि अनुमति लिएका वा प्रक्रिया पूरा गरेका निर्यातकर्तालाई भने सूचनाले बाधा नपुग्ने जनाइएको छ । यो निर्णयले नेपालसहित भारतबाट उसिना चामल आयात गर्ने मुलुकमा मूल्य बढ्ने अनुमान छ ।

आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले भारतले चामल निर्यातमा कडाइ गरेको छ ।भारतले यसअघि गैर–बासमती चामलमा प्रतिबन्ध लगाएको छ ।

केही साताअघि मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धले विश्वव्यापी मुद्रास्फीतिमा प्रभाव पार्ने र बाँकी विश्वमा खाद्य पदार्थको मूल्यमा उतारचढाव बढाउने बताउँदै चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार