शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • चार हजार क्विन्टल खाद्यान्न हुम्ला पुग्यो

चार हजार क्विन्टल खाद्यान्न हुम्ला पुग्यो

  • बिहिबार, भदौ १४, २०८०
चार हजार क्विन्टल खाद्यान्न हुम्ला पुग्यो

सिमकोट– काठमाडौँबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यान्न हिल्सा आइपुगेको छ । खाद्यान्न लोड भएका गाडीले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए ।

हुम्लाका लागि खाद्यान्न बोकेका चालीस वटा गाडी हिल्सा आइपुगेको लिमिटेड सिमकोट शाखाले जनाएको छ । तीन दिन अगाडि खाद्यान्न लोड भएका चालीस गाडी काठमाडौँबाट छुटेका थिए ।

खाद्यान्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यान्न पैदल मार्गबाट पठाएको हो । जिल्लामा खाद्यान्न समस्या देखिएका बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्विन्टल खाद्यान्न हिल्सा आइपुग्ने लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीले बताए ।

खाद्यान्न अब सिमकोट ढुवानी गर्ने तयारी भइरहेको उनले बताए । उक्त खाद्यान्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी हुनेछ ।

ती खाद्यान्न अघिल्लो आर्थिक वर्षको हो । खाद्यान्न सिमकोट पुगेलगत्तै सर्वसाधारणलाई बिक्री वितरण गरिने छ । तिब्बती मार्ग हुँदै आउने खाद्यान्न हवाई मार्गको खाद्यन्नभन्दा ढुवानीदर सस्तो पर्नेछ ।

काठमाडौँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुगेको खाद्यान्न प्रतिक्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यान्न रु चार हजार आठ सय ढुवानी लाग्नेछ ।

जब कि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यान्नको भाडा प्रतिक्विन्टल सोह्र हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्विन्टल रु पन्ध्र हजार पाँच सय लिमिटेडले तिर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार