• होमपेज
  • समाचार
  • पर्यटन विभागको महानिर्देशकमा डा. रेग्मी

पर्यटन विभागको महानिर्देशकमा डा. रेग्मी

  • मङ्लबार, भदौ १८, २०८१
पर्यटन विभागको महानिर्देशकमा डा. रेग्मी

काठमाडौँ —  पर्यटन विभागको महानिर्देशकमा डा. नारायण प्रसाद रेग्मी नियुक्त भएका छन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डा. रेग्मीलाई विभागको महानिर्देशकमा पठाएको हो ।  तत्कालीन महानिर्देशक रुद्र प्रसाद पण्डितको सरुवा भएसँगै रिक्त पदमा डा. रेग्मीलाई विभागको नेतृत्व दिएको हो ।

सरल, भद्र र इमान्दार प्रशासकका रूपमा लिइने डा. रेग्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट केही समय अघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार