बाढी आउँछ पहिरो जान्छ प्रकृतिको मनोमानी हुन्छ,
कहिले खडेरी हुन्छ कहिले जता हेर्यो उतै पानी हुन्छ।
किसानलाई सधै प्रकृतीको डर अनि भर पनि उसैको,
प्रकृतीको आडमा अडिएको सबैको जिन्दगानी हुन्छ।
मानिसले त पहिरो गएपनि मानिस मरेपनि सहनेनै हो,
प्रकृतीको त साच्चै आफ्नै प्रकारको छुट्टै कहानि हुन्छ।
मानिस प्रकृतीलाई आफु तिर होइन आफुलाईनै ढाल्दै,
समयलाई चिन्ने अनि समय अनुसार हिंड्ने बानि हुन्छ।
थाहा छ उसले प्रकृतीको नियम बुझेन र धनमान भयो,
त्यो पनि कुनै दिन प्रकृतीको नियमनुसार खरानी हुन्छ।
जन्मिएकाहरूको अपसान अवश्य हुन्छ घमण्ड छाडौँ,
जति माथि उडान भरेपनि धर्ति सबैको राजधानी हुन्छ।
मानिस सधैभरी प्रकृती जगतको एउटा विध्यार्थि नै हो,
तर पनि सबै जानेको भन्दै घमण्डी जानि नजानी हुन्छ।