• होमपेज
  • कला /साहित्य
  • कविता : भ्रस्टाचार

कविता : भ्रस्टाचार

  • बिहिबार, असार ६, २०८१
कविता : भ्रस्टाचार

 

म बाघ हौइन
मैले बाख्रा पाए
मैले जिउँदै खाए
मैले बोका खाए
साथमा औषधि हुनाले
सजिलै पचाए

आफैलाई थाहा छैन
मैले सहि गरे अथवा गलत गरे
म अन्यौलमा छु
म दोधारमा छु
म यो कुन संसारमा छु
बाँचेको कुन आधारमा छु
छन त यैस आराममा छु
तर म धरापमा छु!

काम नै मेरो खाने
म जान्छु खान मिल्ने ठाउँमा
केही बर्ष अघि कुलोको पानी
घरमा नै ल्याए
खान त त्यो बेला पनि वचन खाए
कुरा खाए मैले केही मानेन
किनकी म एक साहासी थिए
हरेक कुरा म पचाउन सक्थे
त्यसैलेत त्यो बेला पनि
पुरै पोखरि हात लाए
तर म आजसम्म कोहि सँग
न लडे न रिसाए
म एक चिप्लो मान्छे थिए
रत सबै संग मिल्ने भए !

खान छोडेन कहिले
गर्न छोडेन मेरो कर्तव्य
भन्नेले भनिरहे कसैले सभ्य
कसैले भब्य त कसैले असभ्य
फेरि पनि मौका पाए
मौकामा पानी पाए
पानीमा पाइप आए
जमिनमा दवाउनु पर्ने
पानीका पाइप खाए
अझैं खाइ रहेछु
मेरो इसरामा सबैलाई
नचाइ रहेछु
भुलाई रहेछु !

हुँदा हुँदा मैले त
हरियो घाँस खाए
म बाख्रा रहेछु बाख्राले खाने
हरियो घाँस खाए
र पचाए!

खाए बाख्रा खाए बोका
खाए औषधि सबै पचाए
अब सोच्दै छु पचाए मात्रै
न सन्तुष्टि पाए
नत म अगाए
खान त हरियो
घाँस समेत खाए!!

 

चर्चामा

सम्बन्धित समाचार