बिहिबार, असार ११, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो

धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो

  • आइतवार, जेष्ठ २०, २०८१
सेयर गर्नुहोस् :
धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो

काठमाडौं —काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुन: पार्किङमा फर्काइएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो ।

जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।

विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८:२५ मा उडिसक्नु पर्ने थियो ।

श्री एयरलाइन्सका अनुसार जाँचका क्रममा एक यात्रुले साथमा झोल औषधी लगेको र सो वस्तु पोखिँदा इन्धनको जस्तै गन्ध आएको पाइएको छ । त्यसपछि जहाजको सुरक्षाका लागि जाँच गराउन उडान रोकिएको कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार