बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगामा सञ्चालित आँखा शिविरबाट पाँच सयबढि लाभान्वित

बुढिगंगामा सञ्चालित आँखा शिविरबाट पाँच सयबढि लाभान्वित

  • बुधबार, जेष्ठ ९, २०८१
बुढिगंगामा सञ्चालित आँखा शिविरबाट पाँच सयबढि लाभान्वित

टेक बहादुर बुढा—बाजुराको बुढिगंगा नगरपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट पाँच सय ९२ जनाले सेवा लिएका छन् ।
नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना र बुढिगंगा नगरपालिकाको सहकार्यमा नगरपालिकामा रहेको बाजुरा स्वास्थ्य चौकी टाटेँमा जेठ ७ गते सुरु भएको आँखा शिविर मंगलवार सम्पन्न भएको छ ।

दुई दिने निःशुल्क आँखा शिविरमा तीन सय २४ महिला र दुई सय ६८ महिला गरि कुल पाँच सय ९२ जनाको आँखा परिक्षण गरिएको बुढिगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नंः६ का वडा अध्यक्ष हेमराज जैशीले जानकारी दिएका छन् ।

आँखा शिविरमा एक सय ३६ जनाको अप्रेशन गरिएको र एक सय ३० जनालाई निःशुल्क चश्मा वितरण गरिएको बाजुरा स्वास्थ्य चौकी टाटेँका प्रमुख छत्रबहादुर थापाले बताए । दुई दिने निःशुल्क आँखा शिविरमा उपचारका लागि बुढिगंगा नगरपालिकासँगै त्रिवेणी नगरपालिका, खप्तड छेडेदह गाउँपालिकाका नागरिक बाजुरा स्वास्थ्य चौकीं टाटेँमा पुगेका थिए ।

आँखा शिविरमा गेटा आँखा अस्पतालका निर्देशक डाक्टर सुरेसराज पन्त र बाह्य संयोजक गणेश चौधरी लगायतको टोलि खटिनु भएको थियो । आर्थिक अवस्था कमजोर भएर घरमै आँखाको समस्या खेपिरहेका नागरिक आफ्नै ठाउँमा निःशुल्क आँखाको उपचार गर्न पाएपछि खुसी भएका छन् ।

 

चर्चामा

सम्बन्धित समाचार