बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • आजकाे माैसम: मेघगर्जन, चट्याङ र हावाहुरीसहित बर्षाकाे सम्भावना

आजकाे माैसम: मेघगर्जन, चट्याङ र हावाहुरीसहित बर्षाकाे सम्भावना

  • शनिबार, जेष्ठ ५, २०८१
आजकाे माैसम: मेघगर्जन, चट्याङ र हावाहुरीसहित बर्षाकाे सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतय सफा रहने छ ।

 

चर्चामा

सम्बन्धित समाचार