• होमपेज
  • समाचार
  • प्रधानमन्त्रीको राजीनामा माग्दै गोविन्द केसीले सुरु गरे २२ औँ अनसन

प्रधानमन्त्रीको राजीनामा माग्दै गोविन्द केसीले सुरु गरे २२ औँ अनसन

  • आइतवार, बैशाख ३०, २०८१
प्रधानमन्त्रीको राजीनामा माग्दै गोविन्द केसीले सुरु गरे २२ औँ अनसन

काठमाडौँ — डा. गोविन्द केसीले २२ औँ अनसन सुरु गरेका छन् । अन्तिम अल्टिमेटमको अवधिमा पनि आफ्ना मागहरू सम्बोधन नभएको बताउँदै डा. केसीले शनिबार ४ बजेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।

केसीले एक विज्ञप्ति जारी गर्दै तीन बुँदे माग पनि अघि सारेका छन् । जसको पहिलो बुँदामा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेका छन् । ‘सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा । निष्पक्ष रूपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी सङ्क्रमणकालीन न्यायको प्रक्रिया टुङ्गोमा पुग्ने सुनिश्चित गरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने उनको माग छ । अन्तिम मागमा भनिएको छ, ’जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँच सम्बन्धी – गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेस प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज / प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन तुरुन्त पारित गर्न लगायत सबै सम्झौताहरू कार्यान्वयन गर्न र कार्की आयोगले दोषी ठहऱ्याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ ।’

चर्चामा

सम्बन्धित समाचार