बाजुरा — प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा चाैतारी बहस कार्यक्रम संगै दुई जना पत्रकार सम्मान गरेकाे छ । समृद्धीका लागि सचारकर्म प्रेस चाैतारीकाे मुल मर्म भन्ने मुला नाराका साथ आयाेजित स्थापना दिवसकाे असरमा २ पत्रकारलाइ समेत सम्मान गरेकाे प्रेस चाैतारी नेपाल बाजुरा शाखाले जनाएकाे छ ।
स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाजुरा शाखाले स्थापना गरेको विनोद वि.क. स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली र जिल्ला सदस्य तथा रेडीयाे बाजुरामा कार्यरत पत्रकार सरिता नेपालीलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको प्रेस चाैतारी नेपाल बाजुरा शाखाका अध्यक्ष मदन विकले बताएका छन । विगत लामाे समय देखी पत्रकारिता क्षेत्रमा काम गर्दै आएका ओली र नेपालीलाई जनही नगद पाँच हजार ५ सय ५५ रुपैया सहित प्रमाण पत्रले सम्मान गरेको प्रेस चौतारी बाजुराका अध्यक्ष मदन वि.क.ले बताए ।
आइतबार बिहान जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाइ फलफुल वितरण तथा दिउसाे जनप्रतिनधीहरु संग चाैतारी बहस संगै बिबिध कार्यक्रम सगै कृयाशिल पत्रकार वली र नेपालीलाइृ सम्मान गर्नुका साथै जन प्रतिनधीसंग चाैतारी बहस कार्यक्रम गरी मनाएकाे छ ।
प्रेस चौतारी बाजुराको सचिवालयको बैठकले छनोट गरेर ओली र नेपाली सम्मान सहित पुरस्कार दिने निर्णय गरेकाे थियाे । प्रेस चौतारी नेपाल बाजुरा शाखाका अध्यक्ष मदन वि.क.को अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा प्रमुख अतिथी रहेका थिए ।
स्थापना दिवसमा नेकपा एमाले जिल्ला कमिटी सचिव भरत रोकाया,जिल्ला कमिटी सदस्य रामबहादुर बानियाँ,तुलसीराम रोकाया,अमर खड्का,रामबहादुर बोहरा, प्रेस चाैतारी केन्द्रीय सदस्य बसन्त बिश्वकर्मा लगायत विशिष्ट अतिथी रहेका थिए । सदस्य सरिता नेपालीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव रमित वि.कले गरेका थिए ।