बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ का बिपन्न बिद्यार्थीहरुलाई जकेट र बृद्धबृद्धालाई सिरक बितरण गरिएको छ । बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको पहल र नेपाल पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्ष तथा समाजसेवी प्रकाश सिंहको समन्वय तथा शान्ति सेवा गृह र समाजसेवी दयाराम अग्रवालको सहयोगमा बितरण गरिएको हो ।
हिमाली क्षेत्रमा रहेको सरोस्वती आधारभुत बिद्यालयमा निकै जाडो हुने र हिमपात हुने ठाउँमा बालबालिकाहरुलाई गरेको सहयोग प्रति प्राधानध्यापक हस्तबहादुर धामीले धन्यबाद ज्ञापन गरेका छन । धामीले सहयोगी हातहरुको सहयोगको निरन्तरताका लागि समेत अनुरोध गरेका छन ।
जाडो बढेसंगै बृद्धअबश्था विपन्न नागरिक तथा वालबालिको सहयोगार्थ न्यानो कपडा १ सय ८० बालबालिकालाई बितरण गरेको बडिमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । त्यसै गरी जेष्ठ नागरिक ७० जना बृद्धवृद्धालाई सिरक बितरण गरेको वडा अध्यक्ष पाध्यायले बताए । बालबालिकाहरुका लागि जर्सी र जकेट शान्ती शेवा गृह र बृद्धबद्धाका लागि सिरक काठमाण्डौका समाजसेवी दयाराम अग्रवाल तथा वडाकार्यालयबाट सहयोग गरेको वडा अध्यक्ष पाध्यायले बताएका छन ।
वडा कार्यालयको नियमित कार्यक्रम पनि रहेकोले सो कार्य सधैका बर्ष जस्तै यो बर्ष पनि जाडोको समयमा केही राहत होस भन्ने उदेस्यका साथ सो कार्य गरिएको वडा अध्यक्ष पाध्यायले बताए । वडा अध्यक्ष पाध्यायले समन्वयका लागि पत्रकार तथा समाजसेवी प्रकाश सिहं लगायत सहयोगी हातहरु शान्ती सेवा गृह र दयाराम अग्रवाललाई समेत धन्यबाद ज्ञापन गरेका छन ।
सरोस्वती आधारभुत बिध्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर धामीले सहयोगी निकाय प्रति सधै रिणी रहेको बताएका छन । हिमाली दुग्रम क्षेत्रमा रहेको बिद्यालयका बिद्याथीहरुका लागि गरेको सहयोगले धेरै राहत मिलेको उनले बताए । बिद्यालयमा सबै हुने खाने मात्र नभई गरिव तथा बिपन्न परिवारका बालबालिका रहेको सो बिद्यालयमा रहेकाले एउटा जर्सीको पनि ठुलो महत्वमा रहेको उनले बताए । यो अभियान निरन्तरताका लागि पनि उनले अनुरोध गरेका छन ।