• होमपेज
  • बडिमालिका
  • बाजुरामा तिन बर्ष देखि छैन् एमडीजिपि डाक्टर, सामान्य बिरामीलाइ पनि रिफर गर्न बाध्य

बाजुरामा तिन बर्ष देखि छैन् एमडीजिपि डाक्टर, सामान्य बिरामीलाइ पनि रिफर गर्न बाध्य

  • शुक्रबार, कार्तिक ४, २०७९
बाजुरामा तिन बर्ष देखि छैन् एमडीजिपि डाक्टर,  सामान्य बिरामीलाइ पनि रिफर गर्न बाध्य

बाजुरा — जिल्ला अस्पताल बाजुरामा एमडीजिपि चिकित्सक नहुदा समस्या भएको छ । सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहदै आएको छ । सामान्य घाउ देखी हड्डीको अप्रेसनका लागि पनि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको अस्पताल ब्यबस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले वताए ।
बाजुरा एमडीजिपि नभएको तिन बर्ष भयो तर मन्त्रालयले पनि पठाउन नमान्ने गरेको पाईएको छ । एमडीजिपिको अबधारणा दुर्गमका अस्पतालका लागि हो, तर दुर्गमका जिल्ला सकरकारले पठाउन नै नमान्ने गरेको पाईएको छ ।
बडिमालिका नगरपालिका १ बस्ने २० बर्षयी सुजाता रोकायालाइ अस्पताल बाजुराले रिफर गरयो । पैसा नभएर उनका आफन्तलाई बयलपाटा लिन पनि धेरै सकस भयो । अस्पतालमा एमडीजिपि भएको भए जिल्ला अस्पताल उपचार हुने थियो, एमडीजिपि चिकित्सक नहुदा जिल्ला बाहिर पठाउनु परेको अस्पतालका एक चिकित्सकले वताए ।
सुजातालाई आफन्त रिन काढेर बयलपाटा अस्पताल हुदै काठमाडौ लगेका छन् । जिल्ला अस्पताल बाजुारमा ३ बर्ष देखी एमडीजिपि चिकित्सक नहुदा सुजादा जस्तै धेरै बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता रहदै आएको छ । ३ बर्ष पहिला स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटलले ल्क्ष्क् ९ल्ष्अप कष्mयलक क्ष्लकतष्तगतभ० जिल्ला अस्पताल बाजुरामा एमडीजिपि चिकित्सक डा. दुर्गा मर्हजन थिए । उहाँ गइसकेपछि नयाँ कोही नआउदा बाजुराबासीले समस्या भोग्दै आएका छन् ।
अहिले सामान्य बिरामीको जाँच तथा अन्यत्र र्पुयाएर उपचार गराउनुपर्दा आर्थिक व्ययभार खेप्नुपर्ने परेको छ । पहिला जिल्लामा एमडीजिपि हुदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायत अप्रेशन सेवा जिल्ला अस्पतालबाटै प्रदान भइरहेको थियो । तिन बर्ष देखी यो कुनै पनि रोगको बाजुरा उपचार नभएको अस्पतालले जनाएको छ ।
भौगोलिकट बिकटता र स्वास्थ्य सेवा बाट बिमुख रहेको बाजुरामा स्वास्थ्य मन्त्रालयले पनि बाजुरा एमडीजिपि पठाउन निकै आनाकानी गरिरहेको छ । बर्षमा छात्रबृत्ति बाट २० जना बढी एमडीजिपि उत्पादन हुने गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका सचिब रोशन पोखरेलले बाजुरा बिस्तारै पठाउने बताए । उनले बाजुरामा किन एमडीजिपि चिकित्सक किन नपठाएको भन्दा उल्टै आनाकानी गरेका छन् । उनलाइ बाजुरा जस्ता जिल्लामा चिकित्सक पठाउन समेत कुनै मतलब नभएको पाईएको छ । बाजुरामा चिकित्सक पठाउन राज्यले चासो नगरेको नागरिक अगुवाले वताए ।
अस्पताल बाजुरा प्रदेश सरकारले पनि अन्तर्गत भएपनि प्रदेश सरकारले एमडीजिपि पठाउन सकेको छैन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्की जिल्ला अस्पताल बाजुराले कहिल्यै दरबन्दी अनुसार जनशक्ति पाउन नसकेको बताउँछन् । आफूले पटक-पटक माग गर्दा पनि मन्त्रालयले वास्ता नगरेको बताए । बाजुरा चिकित्सक पठाउन मन्त्रालयले त्यसबारे चासो नदेखाएको कार्कीले वताए ।
बाजुरामा विशेषज्ञ डाक्टर नहुँदा सामान्य अप्रेसनका लागि समेत रिफर गर्नुपर्ने अवस्था छ । अहिले सडकमार्ग समेत अवरुद्ध हुँदा उद्धारका लागि हेलिकोप्टरको विकल्प नभएको उनी बताउँछन् । साँफे मार्तडी सडक खण्ड बर्षाले अबरोध हुदा जिल्ला बाहिर बिरामी लिन निकै समस्या भइरहेको छ । बाजुरा राज्यको नजरमा पर्न नसकेको स्थानियको बुझाइ रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार