बिहिबार, मंसिर २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • नेपाल बन्दले कस्लाई फाइदा होला?

नेपाल बन्दले कस्लाई फाइदा होला?

  • शनिबार, भदौ ११, २०७९
नेपाल बन्दले कस्लाई फाइदा होला?

सुरेशकुमार पान्डे — बन्दको बारेमा भन्नुपर्दा संघियताको बिरोधमा गरिएको काठमाण्डौ केन्द्रित एउटा कार्यक्रमको याद आयो।त्यो संघियता बिरो़मा नेकपा मसालले आयोजना गरेको थियो।
त्यो वेला उनिहरूले घरिघरी नेपाल बन्द गर्दा आम सर्वसाधारणलाई नराम्रो असर पर्छ र त्यसको पुरैदेशमा नकारत्मक संदेश जान्छ भन्ने ठमाई थियो।त्यो वेला दश दिन सम्म काठमाण्डौ केन्द्रियत कार्यक्रम गर्दा बिभिन्न जिल्लाहरू बाट आ आफ्ना गोजा बाट खर्च गरेर आन्दोलन चर्काएका थिए।तर उनिहरूले देशका जनतालाई सास्ति दिएनन् त्यस्तो आन्दोलन हुनुपर्छ।सरकारले गलत गय्रो रोष प्रकट गरौं सहरहरुमा जुलुस गरौं कार्यक्रताले धर्ना प्रदर्शन गरौं तर समाजलाई नोक्सान हुनेकाम नगरौँ यो सभ्य लिडरको पहिचान हो।एक पटक जापानमा केही शिक्षित ब्याक्तिहरू गयको देखेर एउटा भारतिय पत्रकारले सोध्यो”तपाई हरू हातमा कापी कलम बोकेर हिंढ्नु भयकोछ,अनि हड्ताल भन्नु हुन्छ न कुनै नारा छन न कुनै बिरोध सुचक गतिबिधीनैछ?”हामि यो देशका नागरिकहौं हाम्रो माग आफ्नै देशको सरकार सँगछ त्यसैले हामि सान्तिपुर्व सरकारलाई ज्ञापन दिन जांदैछौँ।”त्यो सुनेर पत्रकारले सोंच्यो यिनिहरूको देशमा बिकासहुने कारण त यस्तो पो रहिछ।”देशभित्र पक्ष बिपक्षहरूमा पनि तालमेल हुनुपर्छ।
हुन त यो मेरो नितान्तःआफ्नो बिचारहो राम्रो नराम्रो आ आफ्नै मुल्यांकन होला तर देश र जनताको बारेमा भन्नु पर्दा देश बन्दको कार्यक्रमलाई ठिक भन्न सकिदैन।
सुरू सुरूमा जव कुनै देशमा फेक्ट्रिका मालिकहरूले मजदुरहरू माथि अन्य अत्याचार गर्ने गर्थ्यो त्यो वेला मजदुरहरूले कामछाड्ने हड्तालको आवहान गर्दथे।
त्यो एउटा सकारत्मक बिषय मानिन्थ्यो।एउटा फेक्ट्रिको मालिकले मज्दुरको शोशण गर्यो त्यो फेक्ट्रिमा मजदुरले हड्ताल गरे र उनिहरूको समर्थनमा अरू नजिकका फेक्ट्रिका क्रमचारी हरूले पनि समर्थनमा हड्ताल गरे वा नैतिक समर्थन थिए त्यो बर्गिय शंघर्षनै हुने गर्दथ्यो।भारतमा पनि जब कुनै नावालिक माथि जगन्य अप्राध हुन्छ त्यो अप्राधको बिरोधमा समाजले आन्दोलन गर्छन,कैन्डिल मार्च गर्छन।तर हाम्रो देशमा
अहिले आफ्नो निजी स्वर्थ वा राजनीति स्वार्थ पुरागर्नको लागि सारा देशका जनताहरूलाई सास्ति दिने गरिन्छ।
अहिलेको सरकार पनि अदुरदर्शिय हुन्छन हाम्रो निर्णयले यो देशका जनतालाई कस्तो असर पर्ला भन्ने अनुमान सम्म गर्न सक्दैनन् र त्यसको बिरोधमा रोष प्रकट गर्न अर्को दलले देशनै बन्दको आवहान गर्नपनि पछि पर्दैनन्।
यो हामिले गरेको बन्दले हाम्रो समाजलाई कस्तो असर पर्ला भन्ने बारे उनिहरूले थोरै पनि सोंच्दैनन्।
बिध्यार्थी बर्गलाई,मजदुर बर्गलाई र ब्यपारी बर्ग समेतलाई उनिहरूको बन्दले नकारत्मक असर परेको हुन्छ।त्यसबारेमा उनिहरूले सोंच्नै सक्दैनन्।
हुँदा हुंदै अहिलेको सरकारले त आज भन्दा पहिलेका तमाम सरकारलाई उछुन्नै थालेकोछ।विप्लबहरूलाई छोप्ने पुर्जि जारि गरेपछी उनि पनि त कमछैनन् सरकारले गरेको गलतिको सजाए विप्लब लगायतका केहि दलहरूले जनतालाई दिने निर्णय गरेकाछन।
हामिले उनिहरू माथि सरकारले गिरफ्तारीको पुर्जि काट्नुलाई पनि सहि भन्दैनौ र उनिहरूले गरेको बन्दलाई पनि सहि भन्न सकादैन।गणतान्त्रिक ब्यबस्थामा वाक स्वतन्त्रता र शान्तिपुर्ण राजनीति गर्ने सबैको अधिकार हुन्छ र हुनुपर्छ।
गठभन्धनको सरकारले बिगतमा ओलिले गरेको तानासाहि ब्यबस्थालाई निरन्तरता दिंदै आएकोछ।हिंजो एम सीसीलाई पारित गरायो अहिले राष्ट्रघाती नागरिकता बिधेयकलाई पारित गराएकोछ।सम्मानिय राष्ट्रपति समेतको आदेशलाई उलंघन गरेर सरकारले तानासाही र अधिनायकवादी साशंन सञ्चालन गर्दै आएकोछ।महंगिले र भ्रष्टचारले आकास छोएकोछ तरपनि देशलाई बन्द गरेर कसैको पनि फाइदा हुनेछैन।
अहिले देशमा आकास बाट प्राप्तमात्रामा पानी नपरेको सरकारले समयमा मल बिउ आदीको ब्यबस्था गर्न नसकेकोले किसान मात्र होइन आम उपभोग्ता महंगिको मारमा परेकाछन यस्तो अबस्थामा पनि बन्दको आवहान गरेर आम जनमानसमा विप्लबले राम्रो काम नगरेको महेशुस् आम जनताले गरेकाछन।
बन्द हड्तालले अहिलेको अबस्थामा कसैलाई फाइदाछैन।
बरू देशभरीका जनतामा सरकारको भण्डाफोर्ड गर्ने र जन चेतना स्तिर उठाएर आफुलाई सरकारले गरेको अन्यायमा जनताको समर्थन जुटाउँने प्रयात्न गर्नुपर्थ्यो तर अहिले देशलाई बन्द गरेर झनै जनतामा आफ्नो बिरूध्दमा आक्रोश जन्माएकाछन।
हाम्रो देशको बिकास हुन नसकेको मुख्य कारण राजनीतिक पार्टी अदुरदर्सियता,पदलोलुप्ता र बिदेशीका दलाल भएरनै हो।
हामिले आफुलाई कुनै बिषयमा चित्त बुझेन भने देशको समाजको कुनै खयाल नगरेर निर्णय गर्छौं त्यसैको परिणाम आज हाम्रो देश संसारमा सबैभन्दा पछडियको अबस्थामा पुगेकोछ।
अरू ज्युंदै चन्द्रमामा पुगे र पुग्ने होड गर्दैछन तर हामिले हाम्रो समाजले त्यही चन्द्रमामा पुग्नको लागी मरेर मात्र पुगिन्छ भन्ने भ्रम पालेकाछन।राजनीतिक दलहरू यस्ता बनाइए बन्दुक देखाउँने आतङ्क फैलाउंने वार्गेनिङ्ग गर्ने तर बिदेशीको अगाडी भने छम छम नाच्ने दुम हल्लाउँने र थोरै बिदेशीले साथ दियो भने आफ्नै सन्तानलाई भुट्टने र देशलाई नाङ्गेझार पार्ने यस्तो अमानविय शिक्षा लिएका गैर जिम्मेदार पार्टीहरू छन देशमा।
एउटाले आफुलाई कम्युनिष्ट भन्छ र देशको सिखरमा बसेर आतङ्क फैलाउलछ आर्कोले आफुलाई कम्युनिष्ट भन्छ र उसैको खाल्टो खन्छ। यिनिहरूको ब्यबहारले देश बिदेशका जनताहरूमा कस्तो संदेश पुग्छ होला?त्यो तपाई हाम्रो माझमा छर्लङ्गै छ।कुनै राष्ट्रिय हितको लागी जस्तै संघियता खारेजीका लागी वा एम सीसी नागरिकता बिधेयक खारेजिका लागी भयको भयपनि त्यो बिषय छुट्टै थियो तर पनि देशनै बन्द गर्ने ब्यबहारलाई उचित ठहर गर्न सकिदैन।गरिबका छोराहरूलाई आपसमा लडाउँने काम भएकोछ एउटाले बन्द सफल पार्न वहानको सिसा तोडफोड गर्छ आर्काले छोपेर उसैलाई तोडफोड गर्छ।प्रसाशनलाई निर्दोशहरूलाई गिरफ्तार गर्ने बहाना मिल्छ।कसैको रत्ति पनि फाइदाछैन यो भन्द र हड्तालमा।

चर्चामा

सम्बन्धित समाचार