बुधबार, कार्तिक २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाको मुहार फेर्न चुनावी मैदानमा हुमिएका यि अनुहार

बडिमालिका नगरपालिकाको मुहार फेर्न चुनावी मैदानमा हुमिएका यि अनुहार

  • आइतवार, बैशाख १८, २०७९
बडिमालिका नगरपालिकाको मुहार फेर्न चुनावी मैदानमा हुमिएका यि अनुहार

बाजुरा — बाजुरा जिल्लाको मुटुमा रहेको बडिमालिका नगरपालिकाको मुहार फेर्न भनेर नगर प्रमुख र उप प्रमुखका ५ जना उम्मेदवारहरु चुनावी मैदानमा हुमिएका छन । मुख्य दलहरु मध्य तिन दल  नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रका ५ जना उम्मेदवारहरु यतिबेला चुनावी मैदानमा हुमीएका छन ।
बडिमालिका नगरपालिकाको मुहार फेर्न भन्दै चुनाबी मैदानमा हुमीएका दलहरु मध्य नेकपा माओबादी केन्द्रले भने उप प्रमुखमा उम्मेदवारी दिएको छैन । मुख्य दल नेकपा एमाले र नेपाली काँग्रसले भने नगर प्रमुख नगर उप प्रमुख र वडा तह सम्म उम्मेदवारहरु रहेका छन ।
नेकपा एमाले बडिमालिका नगरपालिकामा नगर प्रमुखमा अमर खड्का र उप प्रमुखमा नन्दा थापा रहेका छन । त्यसै गरी नेपाली काँग्रेसबाट नगर प्रमुख धनराज पण्डित र उप प्रमुखमा राधिका सिंहलाई उम्मेदवारी बनाएको छ । त्यसै गरी सत्तारुढ गठबन्धनको आन्तरीक किचलो नमिल्दा नेकपा माओबादी केन्द्रका तर्फबाट चन्द्र थापाको उम्मेदवारी रहेको नेकपा माओबादी केन्द्रले जनाएको छ ।
सत्तारुढ गठबन्धनको तालमेल नमिल्दा नेकपा माओबादी केन्द्रले पनी आफ्नै उम्मेदवार उठाएको नेकपा माओबादी केन्द्रले जनाएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी पार्टीको बडिमालिका नगरपालिकामा गठबन्धन नहुँदा एक्ला एक्लै चुनावी मैदानमा हुमिएका छन ।  नेकपा एकिकृत समाजबादी पार्टीले पनी वडा तहमा उम्मेदवार बनाएको भए पनी प्रमुख र उप प्रमुखमा उम्मेदवारी नदिएको जनाएको छ । सत्तारुढ गठबन्धनका पार्टीहरु पनि आन्तरिक किचलोका कारण तालमेल गर्न नसकेको नेपाली काँग्रेसका एक नेताले बताएका छन । चुनाव आउन केही दिन मात्रै भएकोले अहिले सम्म नेकपा एमाले बडिमालिका बाहेक प्रमुख दलका रुपमा रहेका नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रले प्रतिबद्धता पत्र र घोषणा पत्र सार्बजनिक गरेको पाईएको छैन ।

चर्चामा

सम्बन्धित समाचार