बाजुरा — भिरबाट लडेर आएको गाईले लछारेर एक महिला घाईते भएकी छन । घाइते हुनेमा बडिमालिका नगरपालिका वडा न ३ की ६५ बर्षिया थेवा रोकाया रहेकी छन । आइतबार दिउँसो गाइ र गोरु चराउन गएकी राेकाया साझँ पख घर ल्याउने क्रममा भिरबाट गाइ लडेर आयो र तल रहेकी महिलाको शरिरमा लछारीदा घाईते भएकी उनका आफन्तले बताएका छन ।
घाईते भएकी रोकायालाई राति नै जिल्ला अस्पतालमा उपचारका लागि ल्याएको भए पनि जिल्ला अस्पतालमा उपचार हुन नसिकि सेती अंचल अस्पतालमा रिफर गरिएको उनका आफन्तले जनाएका छन ।
गम्भीर घाइते भएकि रोकायालाई थप उपचारका लागि धनगढी पठाइएको छ । आर्थिक अवस्था निकै कमजोर भएकोले थेवाको धनगढी सम्म एम्बुलेन्सको भाडा तिर्ने पैसा पनि नहुदा नेपाल प्रहरीले आफ्नो गाडीमा बल्दे सम्म पुर्याइदिएको जनाएको छ ।