
धनगढी — कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर २ धबैमा ७२ वर्षीय कर्णबहादुर खत्री मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले घरको ५० मिटर टाढा रहेको धान खेतमा खत्री मृत अवस्थामा फेला परेको जानकारी दिए।
‘घटनालगत्तै इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक उमेश चन्दको टोली खटिएको छ,’ प्रहरी निरीक्षक गुरुले दिनेशखबरलाई भने, ‘मृत्युको कारण खुलेको छैन।’
