• होमपेज
  • समाचार
  • तीन बालकको भारतबाट उद्धार

तीन बालकको भारतबाट उद्धार

  • आइतवार, भदौ ६, २०७८
तीन बालकको भारतबाट उद्धार

लामो समयदेखि भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार गरिएको छ।

सामाजिक अभियान्ता सरोज रायका पहलमा सिरहाका दुई र महोत्तरीका एक बालकलाई स्वदेश ल्याइएको हो।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अमरलाल दास, लहान नगरपालिकाका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यमलाल झाको उद्धार गरिएको उनले बताए।

ती बालक १५ वर्षमुनिका रहेको र उनीहरूलाई जिल्ला प्रशासन कार्यलयमार्फत परिवारको जिम्मा लगाउने रायले बताए।

चर्चामा

सम्बन्धित समाचार