
धनगढी — साउन ३१ गतेदेखि हराइरहेकी सर्लाहीको लालबन्दी नगरपालिका– १७ की प्रियंका भुजेलको शव भेटिएको छ। मंगलबार राति घरदेखि करिब ३ किलोमिटरको दूरीमा रहेको कालिन्जोर खोलामा उनको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
बलात्कार गरी किशोरीको हत्या गरिएको आशंका स्थानीयको छ। तर प्रहरीले यसबारे केही बोलेका छैन। डिएसपी बुढाथोकीले घटनाको अनुसन्धान भइरहेको र हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको बताए।
पक्राउ परेका दुवै जनालाई पत्रकार सम्मेलन गरी सार्वजनक गर्ने तयारीमा प्रहरी जुटेको छ।
