• होमपेज
  • समाचार
  • १ किलो ९ सय ग्राम गाँजासहित नागढुंगाबाट युवक पक्राउ

१ किलो ९ सय ग्राम गाँजासहित नागढुंगाबाट युवक पक्राउ

  • सोमवार, साउन ३२, २०७८
१ किलो ९ सय ग्राम गाँजासहित नागढुंगाबाट युवक पक्राउ

काठमाडौं — प्रहरीले १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर चौदन्डीगडी नगरपालिका-४ बस्ने २४ वर्षीय सुदिप राई रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले ग.१ ख ६४७५ नम्बरको बसमा सवार उनलाई गर्ने क्रममा झोलामा ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उनको साथबाट चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करीब १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार