
बाजुरा — जिल्ला अस्पताल बाजुरामा थप एक जना कोरोना संक्रमीतको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिबेणी नगरपालिकाकी ६६ बर्षिया महिला रहेकी छन । लामो समय देखी बिरामी भएकी महिलाको आईतबार साझ जिल्ला अस्पताल बाजुरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुडामणी पन्तले बताएका छन ।
उनको एन्टिजेन बिधीबाट गरीएको परिक्षणमा कोरोना संक्रमणबाट मृत्यु भएको पन्तले बताए । जिल्लाका नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको पन्तले बताएका छन् । आजै दुइ जना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराबाट रिफर गरिएका तीन जना कोरोना संक्रमितको मृत्यु संगै मृत्यु हुनेको संख्या १२ पुगेको छ । तीन जना संक्रमितको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा र ९ जना जिल्लामा नै मृत्यु भएको छ ।


