• होमपेज
  • बडिमालिका
  • कोभिड संक्रमणले साबुन पानिले हात धुने बानिको बिकास हुदै

कोभिड संक्रमणले साबुन पानिले हात धुने बानिको बिकास हुदै

  • बिहिबार, जेष्ठ २०, २०७८
कोभिड संक्रमणले साबुन पानिले हात धुने बानिको बिकास हुदै

बाजुरा — समुदाय स्तरमा कोभिड संक्रमण बढेपछि बाजुरामा साबुन पानिले हात धुने बानिको बिकास भएको छ । सार्वजनिक स्थान, सरकारी कार्यलय, बिद्यालय, स्वास्थ्य संस्थामा हातधुने स्थान बनाएर साबुन पानिले हात अनिवार्य धुने गरिएको छ ।
अधिकांश रोगको संक्रमणबाट बच्न साबुन पानीले हात धुनु अनिवार्य भए पछि यसको बढी प्रयोग भने कोरोना संक्रमण बढेसँगै भएको छ । समुदाय स्तरमा रहेका बिद्यालय, सार्वजनिक स्थान, सरकारी कार्यलय र स्वास्थ्य चौकिमा मानिसको आवतजावत बढने हुन्छ । कोरोनाको जोखिमपूणर् अवस्थामा साबुन पानीले हात धुनका लागि निश्चित स्थान र सामग्रीको व्यवस्थापन गरेर अनिवार्य साबुन पानिले हात धुने बानिको बिकास भएको पाईएको छ ।
कोभिड संक्रमण बढेसँगै बाजुरा जिल्ला सरकारी तथा गैरसरकारी संस्थाले हात धुने बानिको बिकास गर्ने बिभिन्न अभियान चलाइरहेका छन् । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग-कोइका र गुड नेवर्स इन्टरनेश्नलको सहयोगमा बाजुरामा स्वास्थ्य अधिकार प्रबद्र्धन परियोजना सञ्चालनमा रहेको छ । परियोजनाले सरसफाई प्रबद्र्धनका बिभिन्न गतिबिधि गरिरहेको छ ।

No description available.
उक्क्त परियोजनाले बाजुराका ४० वटा माबिमा र १६ वटा स्वास्थ्य संस्थामा पहिलो चरणमा ७१ स्थानमा साबुन पानीले हात धुनका लागि निश्चित स्थान र सामग्रीको व्यवस्थापन गरिएको बाजुरा परियोजना संयोजक देबेन्द्र शाहले वताए । अहिले बिद्यालय बन्द भएपनि सञ्चालन भएपछि त्यसको प्रयोग प्रभाबकारी हुने देखिएको छ । त्यस्तै जिल्ला १६ वटा स्वास्थ्य संस्थामा साबुन पानीले हात धुनका लागि निश्चित स्थान र सामग्रीको व्यवस्थापन सँगै कार्यनवयनमा ल्याएको शाहले वताए ।
बिद्यार्थी बढि भएको बिद्यालयमा दुुईवटा हात धुने स्थान बनाएको छ । ७१ स्थानमा ६० लाख ४७ हजार ६ सय ७९ मा निर्माण भएका परियोजना प्रशासन तथा वित्ता अधिकृत नबराज थापाले वताए । बिद्यालय र स्वास्थ्य संस्थामा स्थानियको नियमित सम्पर्क हुने गर्दछ । यी स्थानमा हातधुने बानिको बिकास भएपछि बिस्तारै समुदायले पनि सिक्दै जाने भएकाले पहिलो प्राथमिकता बिद्यालय र स्वास्थ्य चौकीमा हात धुने स्थान निर्माण गरिएको अनुुगमन तथा मुल्याङ्कन अधिकृत उपसना रेग्मिले वताएकि छन् ।
जुुगाडा स्वास्थ्य चौकिका ईन्चार्ज तिलक न्यौउपानले भने स्वास्थ्य चौकीमा हातधुने स्थान निर्माण भएपछि बिरामीलाइ हातधुन बानिको बिकास सँगै सहज भएको वताएका छन् । पानिको ट्याङ्की, साबुन लगायत सबै ब्यबस्थापन गरिएको छ, पानि चलाउदा पनि खट्टा प्रयोग हुने भएकाले एकातिर रागेगहरु सर्ने सम्भाबना पनि निकै कम भएको तिलकले वताएका छन् । पहिला हात धुनलाई पानि समेत हुदैन थियो, ब्यबस्थापन गर्न निकै ग्राहो हुने गरेको थियो, अहिले ब्यबस्थापन हुदा निकै सहज भएको स्वास्थ्य चौकीले वताएको छ ।
भगवती माबिका प्रअ पुणर् बहादुर शाहिले भने बिद्यालयमा हातधुने स्थान निर्माण भएपछि बिद्यार्थीहरुमा हातधुने बानिको विकास भएको वताए । बिद्यालयमा साबुन पानि हात अनिवार्य धुने गरेपछि बिद्यार्थीले घरपरिवारलाई हात धुन सिकाइरहेको शाहिले वताए । बिद्यालयमा निर्माण सँगै यसले समुदाय स्तरमा समेत प्रभाब रहेको उनले वताए ।
कोरोना संक्रमणले साबुन पानिले हात धुने बानिको निकै बिकास भइरहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताए । जिल्लामा सरकारी तथा गैरसकारी संस्थाले सरसफाई प्रबद्धन अन्तर्गत अहिले साबुन पानिले हात धुने बानिको बिकास लागि बिभिन्न गतिबिधि सञ्चालन गरिरहेको पन्तले वताए ।

चर्चामा

सम्बन्धित समाचार