बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

  • बिहिबार, बैशाख ६, २०८१
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारीले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्।
प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार शपथ लिएका हुन।

उनी आज (बिहीबार) साँझ नै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। मुख्यमन्त्री सोडारीलाई सङ्घीय सरकारको समीकरणका दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मक्ति पार्टी लगाएतका २७ जनाले समर्थन गरेका छन्।

उनलाई एमाले र माओवादीका १०।१०, समाजवादीका चार, नागरीक उन्मुक्तिका सात जना सांसद भएपनि दुई जना र एक जना स्वतन्त्र सांसदको सर्मथन छ। सो संख्या सुदूपश्चिम प्रदेश सभाको प्रदेश सभाको बहुमत हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना रहेका छन्। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिएका थिए।

चर्चामा

सम्बन्धित समाचार