• होमपेज
  • देश/प्रदेश
  • बाजुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु

बाजुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु

  • सोमवार, असार १, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु

बाजुरा–बाजुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीका अनुसार बडीमालिका नगरपालिका–१ सल्याना घर भएकी बालिकाको मृत्यु भएको हो ।

घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा कित्तु कार्कीकी १४ वर्षीय छोरी भावना कार्कीको आइतबार डुबेर मृत्यु भएको सूचना अधिकारी शाहीले जानकारी दिए । डुबेर बेहोस भएकी बालिकालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याइएको थियो । उपचारको क्रममा आइतबार राति डाक्टरले मृत्यु घोषणा गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार