बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • ईद मनाउन भोलि सार्वजनिक बिदा

ईद मनाउन भोलि सार्वजनिक बिदा

  • बुधबार, चैत्र २८, २०८०
ईद मनाउन भोलि सार्वजनिक बिदा

काठमाडौं– गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ‘ईदउत्रफित्र’को अवसरमा भोलि(बिहीबार) सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयले बुधबार विज्ञप्ति निकाली ‘ईदउत्रफित्र’को अवसरमा भोलि बिदा दिने निर्णय गरेको जनाएको छ। इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘ईदउत्रफित्र’ मनाउने भएपछि सरकारले बिदा दिएको हो।

केही मुस्लिमले ‘ईदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन्। नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन्। रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो। यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘ईदउलअजहा’ पर्व मनाउने गर्दछन्। यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन्।

चर्चामा

सम्बन्धित समाचार