शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • पश्चिमी वायुको आंशिक प्रभाव, केही भूभागमा वर्षा हुने

पश्चिमी वायुको आंशिक प्रभाव, केही भूभागमा वर्षा हुने

  • मङ्लबार, चैत्र २०, २०८०
पश्चिमी वायुको आंशिक प्रभाव, केही भूभागमा वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति भने देशका पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार