बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • सुनसहितको ब्रेक शुको तौल १५५ किलो, सुन मात्रै निकालेर तौल गरिँदै

सुनसहितको ब्रेक शुको तौल १५५ किलो, सुन मात्रै निकालेर तौल गरिँदै

  • बिहिबार, साउन ४, २०८०
सुनसहितको ब्रेक शुको तौल १५५ किलो, सुन मात्रै निकालेर तौल गरिँदै

काठमाडौं  –   राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन सहितका स्कुटरका ब्रेक शुको तौल नेपाल राष्ट्रबैंकको टक्सार विभागले जोखेर भ्याएको छ ।

राष्ट्रबैंकले ती ब्रेक सु जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दियो ।

‘कुल एक सय ६० वटा ब्रेक सु फेला परेको थियो, तीमध्ये एउटाबाहेक सबैमा सुन रहेको पाइयो,’ स्रोतले जानकारी दियो ।

अब ती ब्रेक सुबाट सुन निकालेर जोखिने उनले बताए । ‘ब्रेक शु भित्र सुनका साना साना टुक्रा छन्, त्यसैले सबै निकालेर जोख्न केही समय लाग्छ,’ उनले भने ।

राजस्व अनुसन्धान विभागले मंगलवार काठमाडौंको सिनामंगलबाट भन्सार पास भइसकेको अवस्थामा ब्रेक सुमा लुकाएर राखेको सुन बरामद गरेको थियो । ती ब्रेक सुमा १०० किलोग्रामभन्दा बढी सुन भएको अनुमान विभागको छ ।

राष्ट्रबैंकले सुनमात्रै जोखेपछि मात्रै यसको वास्तविक तौल थाहा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार