शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • समस्या त सँगसगै छ भागेर के भयो

समस्या त सँगसगै छ भागेर के भयो

  • शुक्रबार, फाल्गुन १९, २०७९
समस्या त सँगसगै छ भागेर के भयो

सुरेशकुमार पान्डे, गजल  –   समस्या त सँगसगै छ भागेर के भयो,
अंघि छ पेट सिमाना नाघेर के भय

मानौ नमानौ असलमा पेटको कथा,
निर्दोश छु भन्दै सधै ढांटेर के भयो।

गयो ऊ बा आमाँको उपचार गराउन,
फर्किएन छोरा हृदय थामेर के भयो।

प्रेमिकालाई आउँछ रूपियाँ खाममा,
ति बा आमाले सपना देखेर के भयो।

मर्दा दिन अवस्य आएर काज गर्नेछ,
कसैले स्वर्ग जानलाई छेकेर के भयो।

जिवित छँदा नर्कमा बिताए जिन्दगी,
मरेपछिको धुँवाले स्वर्ग हेरेर के भयो।

सुरेशकुमार पान्डे।०२-०३-२०२३,

चर्चामा

सम्बन्धित समाचार