शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • रुपन्देही र रौतहटमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देही र रौतहटमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

  • सोमवार, माघ २३, २०७९
रुपन्देही र रौतहटमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं  –  रुपन्देही र रौतहटमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीमा रोकिराखेको ट्रकमा बस ठोक्किंदा र रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक–एक जनाको मृत्यु भएको हो ।

बुटवलबाट भैरहवा जाँदै लु २ ख ६०३८ नम्बरको बस गएराति अञ्चलपुर भन्ने स्थानमा सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा ठोक्किँदा बसका सहचालक तनहुँको भिमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको हो ।

यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका ४ धन्सार पुल नजिक भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

सर्लाहीबाट निजगढ जाँदै गरेको मधेश प्रदेश–०४–००१ प ३५५७ नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजे अनियन्त्रित भएर पल्टिंदा सर्लाहीको हरिवन नगरपालिका ७ का ३० वर्षीय किरण लामा घिसिङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारको क्रममा चन्द्रपुर अस्पतालमा आइतबार बेलुकी सवा ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार