बिहिबार, अशोज २४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आफ्नै बारेमा दुई शब्द!

आफ्नै बारेमा दुई शब्द!

  • बिहिबार, साउन १९, २०७९
आफ्नै बारेमा दुई शब्द!

सुरेशकुमार पान्डे — मैले कलम चलाउन थालेको चार दशक भन्दा बढी भयो।यो द्वौरानमा कति लेख जनताको बिचमा पुगे तर कतिपय ख्याती प्राप्त पत्रपत्रिकाहरूले शुद्धासुद्धीलाई मिलाउने वेलापनि म सँग समप्रक गर्नेकाम भयो।
घोर निरंकूश पञ्चायती कालरात्री बाटनै त्यसको बिरूद्धमा निरन्तर कलम चलाउंदै आएको कुरा कसैबाट लुकेकोछैन।
भारतमा राज्य सरकारको थाई क्रमचारी भएपनि भारतले नेपालमाथी गरेको हश्तक्षेपको भण्डाफोडमा भारतिय पत्रिकाहरूमा समेत भण्डाफोर्ड गरियो।मलाई त्यो वेला मेरो रोजगार समेतको चिन्ता भएन।सामाजिक कामकै द्वौरानमा असम्बभ कामहरूमा पनि सफलता सँग पायौं।१८दिन सम्म गाडेका लाश निकालेर अप्राधीलाई जेलभित्र घिसटेर पुरायौं तर कतै झुकेनौं।नेपाली एकता समाजको आवहानमा देवबिदेशमा हुने तमाम काममा निडर र निर्भिक सरिकभएको लामू पृष्ठभुमीछ।
क्रमचारीको आन्दोलनमा महिना सेन्ट्र कारागारमा थुनामा परियो र आफुले गर्दै आएको नोकरी बाट ट्रमिनेट समेत भयौं।
तर पनि आत्मसम्प्रण गरिन।
सन १९५०कोअसमान सन्धि र सन१८१५/१६को सुगौली सन्धिको बारेमा दर्जनौ लेखहरू भारत र नेपालमा पत्रिकाहरूमा प्रकासित भएकाछन।
मैले भारतमा सन१९८१को अन्तिम तिर एकतासमाजको सदस्यता लिनुभन्दा पनि पहिले कविताहरू स्रोट कथाहरू अपेराहरू लेख्थें तर राजनीति बिषयको पहिलो लेख भने”सन १९५०को सन्धि र भारतको भुमिका”विस्व नेपाली साप्ताहिकमा आफै लगेर श्री गंगा पोड्यल ज्यु ले प्रकासन गराईदिएपछि मात्र राजनीति लेखहरू लेख्न थालेको हुं।
मूलप्रभा अखिल भारत नेपाली एकता समाजलाई आफ्नो शिक्षाण संस्था बनाउँदै छलफलमा स्वतन्त्र र कार्यमा एकताको मूलभूत रूपमा ब्यबहारमा लागुगर्दै आएको मलाई चिनेका जानिफकारहरूलाई थाहाछ।कामको द्वौरानमा कत्तिको डराएं,कति काममा सम्झौता परस्त निती अप्नाए त्यो पनि मलाई चिनेकालाई थाहाछ मैले सफाई दिनुपर्दैन।
म संगठनको नीति सिधान्त र आफु बाहेक कसै सँग न डराएको बिगत चार दशकको इतिहाश पनि सांचिछ।यो द्वौरानमा कयौं धम्कि आए कयौं आफर आए तर कतै दायां बायां लागिएन सांचै भन्नेहो भने मेरो जिवनभरीको कमाई इमानदारीता सँग गरेको शंघर्षनैहो।
मैले लेखेका लेख मेरा आफ्ना ब्याक्तिगत बिचार हुन त्यो कसैलाई राम्रो लाग्छ कसैलाई लाग्दैन त्यो छुट्टै कुराहो।कैसेको बिचार राम्रो र नराम्रो लाग्नु स्वभाबिक हुन्छ तर कसैले पनि मेराबिचारलाई तोडमोड गरेर प्रकासित गर्ने वा गराउंने छुट भने छैन र हुनुपनि हुंदैन।
मेरा ब्याक्तिगत सम्मानिय साथिहरू संगठनमा छन वा संगठन बाट गए त्यसले मेरो उनिहरू प्रतिको ब्याक्तिगत सम्बन्धमा खासै फरक पर्दैन।बसेका सबैलाई सम्पूर्ण रूपमा सहि र गएकासबैलाई सतप्रतिसत गलत भनेर ब्याख्यपनि मैले गरेकोछैन।
राजनीति संगठन भनेको नितान्त स्वतन्त्र हुन्छ कुनैपार्टीको बिचारलाई ब्याक्तिगतरूपमा अप्नाउने वा न अप्नाउने सबैलाई अधिकार हुन्छ भन्ने मलाई लाग्छ।कसैलाई बांधने भनेको बिचारले हो जञ्जिरले उस्लाई धम्काएर बांधेर राख्न सकिदैन र त्यो छुटपनि कसैलाई हुनुहुंदैन।हामिले संगठन गर्दा राजनीति भन्दा समाजसेवानै गर्ने गय्रो।
अहिले कतिपय साथिहरूले मलाई सम्मान गर्ने नाममा मेसिञ्जरमा हनुमान भन्ने डरपोक भन्ने र अपमान गर्ने काम भएकोछ।
पहिले त सम्मान र अपमान दुबैको परिभाषा बुझेर मात्र ति वब्दहरू प्रयोग गर्नुपर्छ।कसैको लेखलाई मूल रूपमा बंग्यायर”यो लेख प्रकासन गरौं’भन्ने बिचार आफैमा गलत हुन्छ तर यसो गर्न मिल्दैन भन्दापनि होइन म त गर्छु भनेर धम्कि दिने अनि हजूरलाई सम्मान गरेको छुं पनि भन्ने ब्यबहार उंहालाई ठिक हुन सक्छ तर मेरो लागी त्यो गलतनैहो।
मैले सुरू देखून भन्दै आएकोछुँ कुनै साथिले संगठन छाडेर गएपनि त्यसले संगठनमा रहंदा संगठनलाई दिएको योगदान अमर र सम्मानिय हुन्छ ब्याक्तिगत रूपमा पनि हाम्रो सम्बन्धमा खासै फरक आउँदैन।उनिहरू आफ्नो संगठनको नियममा बांदिएका हुन्छन उस्तै हामि आफ्नो संगठनको नीतिमा बांधिएकाछौं।
तर संगठनको बिरोध गर्नै पर्छ नत्र त्यो हनुमानहो जस्ता गैर राजनीतिक शब्द प्रयोग गरेर गरिने राजनीतिक भनेको अराजक प्रवृतीहो त्यसले आफ्नै पनि नोक्सान हुन्छ।तसर्थ कसैको धम्किले कोही डराउँदैन भन्ने कुरा मित्रहरूले बुझेर ब्यबहार गरे त्यसैमा हामि सबैको भलो हुनसक्छ भन्ने मलाई लाग्छ।
पार्टी संगठनमा बिभिन्न बिचार हुन्छन कतिपय ठिक होलान कतिपय पार्टी छाडेर गएका पनि खराब छैनन् हामि बिचारमा बांधिएकाहौं कसैको दुधपछि आएका असाय र अबला भने होइनौं।
हामि जहांछौँ त्यहींबाट पनि बर्गिय हितमा काम गर्न सकिन्छ।राष्ट्रियता जनतन्त्र र जनजिविकाको हितमा आवाज उठाउन सकिन्छ।कसैलाई धम्काएर क्षाणिक रूपमा पाएको समर्थन आत्माघाती हुनसक्छ भन्ने कुरा हामिसबैले बुझ्न जरूरीछ।लामू समय बाट संगठनमा लागेका ब्याक्तिहरूमा पनि विवेकहिन र अराजक प्रवृती देख्दा भने दुःख लाग्छ कृपया मानिस भयपछि सबै विवेकशिल बनौं।
हामाले कसैलाई दवाब दिएर धम्काएर वा आफ्नो कृतिम शक्तिको बलमा कति दिन संगठनको बिकास गर्न सक्छौं।बरू संगठनको बिकास गर्नुछ भने नैतिक रूपमा सहनसिल र विवेकसिल भएर जनताको माझमा गएर आ आफ्नो क्रम गरौं आर्काको आलोचना गालिगलौच गर्ने धम्काउने सैली छाडेर इमानदार सँग देश र जनताको हितमा अंघी बढेपछी संगठनको बिकास हुनेछ।

चर्चामा

सम्बन्धित समाचार