शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • जसै पय्रो राती उसै बुढी ताती!

जसै पय्रो राती उसै बुढी ताती!

  • आइतवार, साउन ८, २०७९
जसै पय्रो राती उसै बुढी ताती!

सुरेशकुमार पान्डे — अहिले प्रचण्डको भ्रमण खास गरेर आफ्नो सत्ता बचाई राख्ने उदेश्यले थियो,सके सम्म भारतको चाक्रि गरेर धनको जुगाड गर्नेपनि हुनसक्छ।भारतिय जनता पार्टीले उन्को बेइजत गर्न बोलायो र उपहाश गरेर फिर्ता पठायो।एउटा पूर्व प्रधान मन्त्री र अहिलेपनि सरकारमा बसेको असामन्य ब्याक्तित्वलाई यसरी लोप्पा धस्नु भनेको साधारण कुरापनि होइन र यसबारे प्रचण्ड पनि गम्भिर नै होलान र त्यही रिस पोख्न र अब त्यो जनतामा गालछल्न सन १९५०को सन्धिको गफ लगाए।
तर वास्तबिक रूपमा उन्ले मात्र होइन चुनावको वेलामा यो शान्ति तथा मैत्रि सन्धिलाई धेरैले भजाउँने गर्छन र देशमा त्यो सन्धि पर्ती रोस भएको साबितगर्न बिरोध प्रदर्शन पनि गराउँछन त्यो सबै यिनीहरूको नाटक हो र भारतलाई दिएको वार्गेनिङ्ग हो ताकी भारत बाट कलो प्राप्त गर्न सकियोस।यो काममा प्रचण्ड अरू माहिर छन अरू भन्दा चेन्टछन।उन्ले जे बोल्छन त्यो गर्दैनन् र जे गर्छन त्यो बोल्दैनन् भन्ने बिगतका उन्का कयौं उधारणहरू भेट्टिन्छन।त्यसैले होला उनि भारतको भ्रमणमा गएको वेला मिडियामा एउटा प्रचा खुबै घुम्यो त्यो कहांबाट आएको थियो त्यसको रहस्य अंझैपनि खुलेकोछैन।
अब उन्ले सन१९५०को सन्धिलाई असमान सन्धि भन्दै त्यो सन्धिको अवलोकन गर्ने नाटक गर्नेछन। त्यो मात्रै होइन अहिलेको चुनावी एजेण्डाको रूपमा अगाडी पनि सार्नवेर छैन।यो खेल मनमोहन अधिकारी,बाबुराम भट्टराई केपि शर्मा ओली सबैले खेल्दै आएकाछन।
यो खेल २०४५को भारतले गरेको१४मैनाको नाकाबन्धी पछि १९५०को असमान सन्धिको बिरोधमा धेरै चर्को रूपमा आवाज उठेको थियो।त्यो ताक वाममोर्चा र नेपाली कांग्रेसको अन्तरिम सरकारका प्रथम प्रधान मन्त्री कृष्णप्रसाद भट्टराईको भारत भ्रमणमा त्यस बारे कुरा उठ्ला भन्ने धेरैले आसपनि गरेका थिए तर उन्ले त्यसबारे एक शब्दपनि नबोलेर हेलिकप्टर लिएर नेपाल आए त्यसको बिरोधमा पुरै प्रदर्शन पनि भएका थिए।
सन१९५०को असमान सन्धिको बारेमा धेरै पहिले देखुन नै यो पंक्तिकारले लेख्दै आएकोछ त्यो सन्धि हाम्रो लागि किन असमानछ भन्नेबारेमा त्यो सन्धिका धारा र त्यसै सन्धि सँग गोप्पे सन्धिको रहस्य कसरी खुल्यो भन्ने बारेमा पटक पपक लेख्दै आएको पाठकहरू बाट लुकेकोछैन।जब सन१९५९दिसेम्वर३तारिखका दिन नयाँ दिल्लिमा भएको एउटा पत्रकार सम्मेलनमा भारतका तत्कालिन पर्धान मन्त्री जवाहारलाल नेहरूले यस्तो पत्रचार भएको बताए।सम्भवतःयो रहस्यपनि खुल्ने थिएनहोला।नेपालका तत्कालिन प्रधान मन्त्रीले कुनै प्रतिकृया नजनाएको भए।
सन१९५९ नोभेम्वर२७तारिखका दिन भारतको लोकसभामा भारत चिनको सिमा समस्यामाथी बोल्दै नेहरूले नेपाल र भुटान माथिको हमला लाई भारतले आफु माथिको हमला सम्झिनेछ र त्यस्तो परिस्थितिमा तुरून्तै ति देशहरूलाई मद्त गर्नेछ भने तर त्यसको दुई दिनपछी नोभेम्वर२९मा नेपालका तत्कालिन प्रधान मन्त्री विश्वेस्वरप्रसाद कोइरालाले नेहरूको घोषणामाथि प्रतिकृया जनाउँदै नेपालले साहायता नमागि कन भारतले त्यसो गर्न सक्नेछैन भनेकाथिए।विश्वेस्वरप्रसाद कोइरालाको त्यसप्रकारको प्रतिकृयाले नै नेहरूलाई त्यो गोप्पेपत्रचारको रहस्य खोल्न बाध्य बनायो।त
यो सन१९५०को सन्धिको अभिन्न अंग को रूपमा रहेको त्यो गोप्पेपत्रचारको प्रत्येक बुंदाहरूले नै भारतलाई नेपालमाथि यसरी थिंचोमिचो गराउने अधिकार दिएको प्रष्टैहुन्छ।(हेर्नुहोस उक्त गोप्य पत्रचारका मूल बुंदाहरू.)
कुनैपनि ठुलो देश धेरै जन संख्या भएको देश सँग सानो र थोरै जन संख्या भएको देशको बिचमा हुने बराबरको सन्धि सम्झौता आफैमा पनि असमान हुन्छ त्यस बारेमा लामू उधारण दिनुनपर्ला।
नेपाल सदियौं देखून सार्भौम सम्पन्न राष्ट्रहो यस्तो देशमा आफ्नो अधिकार जमाउँन भारतले किन खोज्छ भनेर सर्वत्र बिरोध भयपछिनै त्यो गोप्पे सन्धिको जोहारलाल नेहरूले पोल खोलेका हुन।भारत र नेपालको सन्धि भन्दा पनि उनिहरूको बिचमा वेला वेलामा हुने गोप्पे सन्धिले देशलाई डुबानमा पारेको हो र थिंचो मिचोपार्न मद्त गरेकोछ।सन १९५०को सन्धिको धारा आठलाई भारतले कहिलेपनि लागु गरेन त्यो धारा आठ अनुसार मागेर आफ्नो जमिन फिर्ता ल्याउँने सहाश पनि नेपालका कुनै सरकारमा बसेका साशकको भएन।मात्र जति वेला आमा चुनाव हुन्छ त्यस्ता सन्धि खारेजी वा अवलोकन का अतिरञ्जित नाराहरू देशमा घन्किन्छन।
अब यो सन्धि मात्र होइन यो सँग पटक पटक देशका शाशकहरूले गर्दै आएका तमाम गोप्पे सन्धि सम्झौता र कवुलियत नामाहरूलाई पोल्न सक्ने आंट भएकाले मात्रै असमान सन्धिका कुरा उठाउँनुहोस् अन्यथा चुनावको एजेण्डाको रूपमा पस्केर जनताको र देशको भविस्य सँग खेलवाड गर्ने कसैलाई छुट छैन।
सबैलाई थाहाछ देशको सार्भौमिकता माथि छिमेकीको दादागिरीले हद पार गरिसकेकोछ तर पनि यो राष्ट्रिय मुद्धा अन्तरराष्ट्रिय करण गर्न डराउँछन।एउटा भूपरिवेष्ठित राष्ट्रले पाउंने नैसंगिक अधिकार समेत कुन्ठित गरेर नाका बन्दि गर्दा पनि कसैले बोल्न सक्दैनन् तर जतिवेला चुनाव नजिक आउँछ त्यो वेला जनताको आंखामा छारो हाल्न राष्ट्रियताका मुद्धा उठाउंछन।यो त केहो भने पानी धमुलेर माछा मार्ने प्रयास यिनिहरूलाई यस्तो बानि धेरै पहिले देखून लागेकोहो।
सधै अति रञ्जित नारा लगाएर जनतालाई उल्लु बनाए आफुले चुनाव जितेर सरकारमा पुगे।बिगतका राजाहरू जनतामा दमन गरेपनि देशको लागि सम्वेदनसिल देखिन्थे तर अहिलेका राजाहरूले बिदेशीको दलाली गरेर जनतालाई भ्रमजालमा पारेर पनि आफुलाई देशभक्त ठानेका हुन्छन।
यि ठुला राजनीतिक दलका जेठा बाठा नेताहरू प्रायजसो दलाल मार्काहुन।यिनको भर पर्नु भनेको आफुलाई आफैले ठग्नु हो भनेर बुझ्नुपर्छ।नजिकै आएको चुनाव देखेर जित्नको लागि गरिने प्रयासहो प्रचण्डको देशभक्ती।

चर्चामा

सम्बन्धित समाचार