सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के सती प्रथाको अनत्य भयकै हो त?

के सती प्रथाको अनत्य भयकै हो त?

  • सोमवार, असार २७, २०७९
के सती प्रथाको अनत्य भयकै हो त?

सुरेशकुमार पान्डे — २५असार बिस.१९७७मा चन्दर समशेर ले सतिप्रथाको अनत्य गरेका थिए।कतिपय राणा र राजाहरू पनि सामाजिक सुधार र राष्ट्रिय एकता र अखण्डताका लागि चिन्निन्छश।हुन त २००७साल सम्म राणाहरूलाई एउटै श्रेणिमा राखियो र राजाहरूलाई पनि एउटै श्रेणिमा राखियो।त्यो जनताको कम्जोर सोंचाइहो कतिपय राणाहरूले र कतिपय राजाहरूले राम्रो काम पनि गरेकाछन।त्यसको पनि समाजले खोज तलास गर्ने र इति आशको समरक्षाण गर्नु पर्दाछ।
आज १०२बर्ष पुगेछ सतिप्रथाको अनत्य भएको।
सति प्रथा एउटा सामाजमा रहिको कलङ्क नै थियो।त्यो वेला बिबहाको कुनै सिमा थिएन।उधारणका लागी एउटा पचास बर्षको पुरूसले पन्दर बर्षकी बालिका सँग बिबाह गर्न सक्किनथ्यो।
यदी आफ्नो लोग्ने मरेभने उनैको चितामा उन्की श्रमितीलाई हामफाल्नु पर्दथ्यो त्यो भन्दा ‘क्रु’दमन अन्याय र अत्याचार अर्को के हुनसक्थ्यो?
राणाहरूले देशमा निरङ्कूश जहानिया साशन चलाए उनिहरूले एक सए चार बर्ष सम्म राज गरे तरपनि सामाजिक सुधारका लागी कुनैन कुनै रूपबाट अगाडी बढेका थिए।
जुन हिसावले राणाहरूले बिकासका पाइला चाले त्यही हिसाबले चालेकै भएपनि अहिले १०२बर्षमा त धेरै समाजमा परिवर्तन हुने थियो।तर बिडमबना हाम्रो समाजको बहुदलिय ब्यबस्थामा झनै सङ्कट परेकोछ।
बिस.१९७७भन्दा पहिले त महिंलाहरू श्रिमानको चिता सँगै जलेर खरानी हुन्थे अहिले त महिंलाहरूलाई पलपल जल्नु परेकोछ।पुँजिवादी र पुरूष प्रधान समाजमा आजपनि महिंलाहरू मुक्त भैसकेका छैनन्।
जब सम्म महिलाहरू लाई समान अधिकार मिल्दैन वा पिताको सम्पत्ति बाट छोरा सरह जनम सिद्ध अधिकार पाउँदैनन् यो उनिमाथिको दमन अन्याय अत्याचार सोशण जारिनै रहनेछ।
आज शुन्दरी प्रतियोगीता जस्ता अनाबस्याक कार्यहरूको सञ्चालन गरेर महिंलाहरूलाई झनै अपहेलित गर्ने प्रयास भएकोछ।महिंलाहरूलाई कथित माडलको रूपमा अंङ्ग प्रदर्शन गराउँने र पुंजि जुटाउँने प्रयास गरिन्छ कम्पनिहरूले समानको लेवल बनाएर उनिहरूलाई एकप्रकारको बजारू बनाउन सफल भएकाछन।
महिंलाहरू अहिलेपनि पशु तुल्य जिवन बिताएकाछन उनिहरू खान र लगाउनकै लागी बिदेशी बजारमा पशु जस्तै बिक्रि बितरण गरिन्छ।
हाम्रो यही बुजुर्वा समाजले आफ्नै आमालाई पनि बेचेर धन कमाउन सिकाएको आभाश हुन्छ।
छोरी बुहारी अहिले पनि बजारमा एक्लै हिंड्डुल गर्न मुश्किल हुन्छ।परमपराको नाउमा छाउगोठमा पठाएर उनिहरूलाई मानसिकरूपमा प्रताडित गर्नेकाम हुंदै आएको हामिले देखेकैछौं।
महिंलाहरूको पैत्रिक सम्पत्तिमा हक नहुँदा उनिहरूले आजपनि पुरूषको आश्रृतमा बस्नु परेकोछ।अहिले एक्किसो सताब्दीमा पनि उनिहरू माथि बोक्सिको आरोप लगाइन्छ।
एका तिर महिंलाहरूमा पश्चिमको छाडा सांस्कृती लागु हुनु आर्को तिर उनिहरूलाई बुजूर्वा बिचारनुसार कम्जोर असाए र कोमल रूपमा ढाल्नु यो दुबै खाले सांस्कृतीले उनिहरूलाई झनै पिडित बनाएकोछ।
अहिले सति प्रथाको अनत्य भएको यति लामू समय सम्म पनि महिंला हरूले त्यस्तै खाले दमन उत्पिड्न झेलि रहनु भनेको सुखद् बिषय भने पक्कै पनि होइन।
अहिले बितेका यि १०२बर्ष यताको मूल्याङ् हामिले राणाकालको अनत्य भयपछि गर्छौं भने पनि करिब ३० /३५ बर्ष नेपालमा राजाको प्रत्यक्ष साशन लाई छाडेर बांकी बहुदलिय ब्यबस्थामा कति महिंलाहरूले अधिकार पाए त्यसको चिरफार गर्दा कुनै खास र ऐतिहाशिक काम महिंलाहरूको पक्षमा देखिदैन।
सम्बिधानमा महिंलाहरूलाई सम्बोधन गरेर मात्र पुग्दैन सामाजिक दृष्टीकोणमा मौलिक रूपमै फरक हुनुपर्छ।सम्बिधानमा समावेसी र समाजवाद अन्मुख लेखेर अंझ बिवाद उत्पन्न गरेकाछन।
देश अहिले पनि अर्ध सामन्ति र अर्ध उपनिवेसिक अबस्थामा भयको कुरा कसैबाट लुक्न सकेकोछैन यो परिस्थितीमा समाजवाद अनमुख कसरी भयो वा हुनसक्छ?देशलाई कृषिप्रधान भनेर खाद्यान सामाग्रि भारत बाट करौडौंको आयात गरेको जस्तै देशलाई समाजवाद अनमुख भनेकोहो।
अहिले हाम्रो देशमा भारतले चामल र गहुँ नपठाउँने हो भने अनिकाल पर्नसक्छ।हाम्रो देशमा उत्पादन भनेको मजदुर,नेता,र भ्रष्टचार मात्रैहो अरू सबै बिदेशीको सहोगमा देश चलेकोछ।यो अबस्थामा देशभित्र महिंलाहरूको बहुल्यता छ उनिहरूलेनै मतदान गरेर बनेका सरकारहरूछन।मतादाताहरूको बिबरण हेर्नेहो भने युवाहरूले त धेरैजसो मतदान गर्नै पाएकाछैनन् उनिहरू त कामको सिलसिलामा बिदेश पुगेका हुन्छन।
सोझासाझा सर्वसाधारण महिंला र बृद्धाबाल बालिका यो देशका रखवाला भयकाछन।महिंलाहरूको यो देशलाई जोगाउँनेमा ठुलो योगदान भयको बारे खलङ्गामा भयको नालापानी युद्धले पनि पुष्टी गरेकोछ तर अहिले सम्म राज्यले वा हाम्रो समाजले महिंलाहरूलाई राणासाशनकालमा दिए जति उपलब्दि पनि दिन सकेकोछैन।

चर्चामा

सम्बन्धित समाचार