मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • दुई करोडको रेल भयो राजनीति खेल।

दुई करोडको रेल भयो राजनीति खेल।

  • मङ्लबार, असार २१, २०७९
दुई करोडको रेल भयो राजनीति खेल।

सुरेशकुमार पान्डे — पहिले ओलि सरकारको पालामा उखान र टुक्काले बजार तताएको थियो।उन्को पहिलो कार्यकालमा संघियतालाई ‘बाख्राको टाउकामा भैंसिको सिङ्ग’भनेर चर्चित पनि भए त्यो वेला यदी संघियता कसैले खारेज गर्छ भने त्यो ओलिनै हो भनेर उन्लाई जनताले धेरै समर्थन पनिदिए।राजमोले त्यो वेला मधेशबादीको बिगबिगीमा भारतको ब्यापक सहयोग देखिनथ्यो र ओलिको देशभक्तीलाई देखेर ओलिलाई समर्थन दिने निर्णय गरेको थियो त्यो वेला कामरेड चित्र बहादुर केसी ओलिको सरखारमा उप प्रधान मन्त्री र गरिबी निवारण मन्त्री समेत भएका हुन।त्यो वेला ओलिको देशभक्तीले पनि बजार पाएको थियो।उन्को सरखार भयकै वेला पनि बाख्राको टाउकोमा भैंसिको सिङ्ग भनेर उखान हालेपछि धेरै दिन टिकेन।
पछि एकिकृत एमाओवादी र एमालेको दुई तिहाई बहुमतको सरकार समेतको उनैले नेतृत्व गरेका थिए।त्यो वेलामा गलती ओलिको थियो वा प्रचण्डको त्यो उनिहरूको भित्र शमिक्षाको बिषयहो बाहिर बाट देख्नेले नेतृत्वलाईनै दोश दिनेगर्छ र गरिन्छपनि।उन्ले प्रचण्डले सरकारलाई अनिर्णयको बन्दी बनाएकोछ मैले काम गर्न पाइन भनेर वेला वेलाम नकुर्लेका पनि होइनन्।त्यो वेलामा एउटा नौलो जनवादी क्रान्तिको लागी बन्दुक बोकेको२०५२देखी दशबर्ष सम्म कथित जनयुद्ध लडेको पार्टी थियो भने आर्को पनि २०२८सालमा छापा युद्ध लडेको जस्को जोत उस्को पोतका नारा घन्काउने मध्यको पार्टी थियो।यदी जनताको पक्षमा उनिहरू हुन्थे भने नेपालका सबै सर्वहारा सुकुम्बासी लाई जमिन र देशमा कृषिक्रान्ति गरेर नौलो जनवादी ब्यबस्था शान्तिपुर्वक ढङ्गबाट पनि लागु गर्न सकिन्थ्यो तर त्यो उनिहरूको मनसाय र बर्गचरित्रनै थिएन।केव पानी धमुलेर माछा मार्ने प्रयासमा यि दुबै थिए।
वास्तबमा त्यो वेला ओलिको पक्षमा ब्यपक जनमत देखेर ओलिमा अभिमान पलाउन थाल्यो।उन्ले जब काला पानी लिपु लेख र लिम्पियाधुरालाई समाबेस गरेर बनाएको चुच्चे नक्सा संसदबाट पास गराए त्यसैको सेरोफेरोमा एम सीसीको मुद्धाले पनि ब्यापक बजार पाएकै वेला भारतिय गुप्तचर ब्युरो ‘रअ’प्रमुखका सामन्तकुमार गोयलको नेपाल भर्मण पछि दुई तिहाईको बहुमतको सरकारलाई ओलिले बिघटन गराएर मध्याब्दी आम निर्वाचन गराउँने सिवारीस गरेका थिए।भनि रहनुपर्ने आबस्याकता छैन त्यो साम्राज्यवादीको इसारामानै भएको थियो।
त्यसबाट के बुझ्न सकिन्छ भने देशको सरखार उनिहरूले चलाएपनि त्यसको लगाम अरूकसै सँगछ।
उन्ले देशभित्र रेलगाडी गुड्याउँने र पानी जहाजलाई चलाउने जस्ता उखान र टुक्का त्यो भन्दा पहिले खुब गरे।
आखिर त्यो दुई करोडको रेल र त्यसलाई ढाक्नको लागी लाखौं रूपियां खर्चगरेर तिर्पाल मगाए।आखिर त्यो रेल किनेर ढाकेरै राख्नु थियो भने किन किनेका थिए?यसरी नेताहरूले जनतालाई उल्लु बनाउन देशको आर्थिक हिनाबिना गराएर कमिसनकोलागी देशलाई हरिकङ्गाल पार्ने काम भयो।
यो देशका देशभक्तहरूलाई बिदेशीको इसारामा कुनैन कुनै रूपमा कतिपय यो देशका गद्धार र विदेशीका दलालहरूलेनै मराइएको हुनसक्छ तर पनि त्यसलाई दुर्घट्नाको रूप दिइन्छ।
साहिद त्यही अबस्था देखेर पुराना आफुलाई कम्युनिष्ट भन्नेहरूले देशमा राजा सहितको सैनिक साशनको वकालत गर्दै आएका हुन्छन।मानिस असाय कम्जोर भयो भने वा कुनै उल्झनबाट आफुलाई मुक्त गर्न सकेन भने तेस्रो शक्ति तर्फ इसारा गर्छ भन्ने वास्तबिकता यहीनैहो।पुराना पुराना कम्युनिष्ट भनाउंदाहरूले राजालाई ग्वार्नुपरेको पनि त्यही हुन सक्छ।राजालाई आफ्नो साशनकालमा छिमेकीको बारेमा थाहा थियो त्यसैले पनि राजा बिरेन्दरले आफुले राजगद्धी समाल्नु अंघि विस.२०३१मै नेपाललाई शान्ति क्षेत्र घोषित गराएका थिए।
बहुदल आएपछि पहिलो पल्ट २०५२सालमा प्रतिनिधि सभाका सांसद भएका प्रेमकुमार धामीले काला पानीको मुद्धा उठाएका थिए उन्को २०५४मा सालमा जिप दुर्घटनामा परेर मृत्यु भयो।मदनकुमार भण्डारी र जिवलाल आश्रितको दाश ढुङ्गा कांड भएको थियो।यि हत्या थियो कि घटना थियो त्यसको पनि पुष्टी हुन सकेकोछैन।पुर्व राजा बिरेन्द्रको हत्या समेतको खोज बिन हुनसकिन। यस्ता हत्याहरू
लाई घटनाको लिवाशमा ढाकछोप गरियो।ओलि जस्ता नेताले गर्दा देशलाई बिदेशीले दोहन गरेकोछ टनकपुर प्रतिनिधिको रूपमा रहेकोछ।
भारतले २०२७साल,२०५४साल,२०७३सालमा आर्थिक नाकाबन्दि लगाएको थियो त्यसपछि पनि ति मुद्धाहरूलाई अन्तरराष्ट्रिय करण गर्नुको साटो भारतले प्रतिबन्द लगाएको हो कि होइन भन्ने छलफल गर्न थाले।नेपाली कांग्रेस,एमाले र ए माओवादी समेत कुनैलाई पनि चोखो भन्न सकिदैन।
यो कथित ठुला पार्टीका नेताहरूले गर्दा देश सङ्कटमा परेको मात्रछैन देशभक्तहरूको ज्यु ज्यानको खतरा बढेर गयकोछ।अहिले एमसीसीमाथि हस्तक्षेर गरेर त्यसलाई पारित गरेपछि बल्ल देशका जनतालाई थाहा भयो।
नेताहरूले २०१७मै त्यो पारित गराए र साम्राज्यवाद सँग कमिसन खाए पछि जनतालाई थाहा हुन्छ जनताले बिरोध गर्छन सरकारले गोलि ठोक्छ।त्यही प्रकारले एस पीपीलाई अमेरिकी अधिकारीहरूले २०१५-२०१७मा नेपालको सरकारले माग गरेको र २०१९मा पारित भैसकेको बताएको थियो।अहिले त्यो संसदबाट फिर्ता गराएको नाटक गरेता पनि त्यो पुनःआउनेछ।अमेरिकाले नेपाली रनेपाल समेतलाई लिविया र युक्रेन जस्तै बनाएर यो देशमा टेकेर चिनलाई घर्ने शड्यन्त्र रचेकोछ।कतिपय नेताहरूलाई यो पनि भ्रम हुन सक्छ अब एस पीपी आयो भने नेपाली सेना बलियो हुन्छ र देशको हित गर्छ त्यो भ्रमछ भने समयमै भ्रम मुक्त हुनुपर्छ।किन भने अमेरिकाले नेपाली सेनालाई प्रयोग गरेर ठाउँ ठाउमा लडाएर मराउँने प्रयात्न जरूर गर्नेछ।यो त स्वायम भारतले पनि चाहेकैहो यसका लागी भारतिय सैना अधिकारीहरूको लगातार नेपाल भ्रमण भयको कुरा कसैबाट लुकेकोछैन।’रअ’प्रमुखको नेपाल भ्रमण भन्दा पहिले भारतिय सेना प्रमुख मनोज मुकन्द नरवाणेको पनि भ्रमण भयको थियो।नेपाली सेनालाई प्रतिक्षाण दिने काम पनि भयको थियो।हाम्रो देशका कयौं नेताहरू बिदेशीको इसारामा देशलाई नाङ्गेझार पार्नको लागी बिदेशीहरू सँग सांठगांठ गर्दै आएकाछन।उनिहरूले अनुदान वा रिण लिएर बिनाकामैका रेल र जहाज किनेर सडाउंने र देशका जनताहरूको टाउकोमा रिणको भार थप्ने काम भयकोछ।हिंजोको त्यो पानि जहाज र रेल मात्र राजनीतिको खेल भयकोछ जनता र देशको लागि त्यो उभ्भिएको रेलले पनि रिण लगाएकैछ।
सरकारले एउटा झुठ लुकाउँन सयौं झुठ बोलेपनि त्यो लुक्न सक्ने अबस्थामा छैन।

चर्चामा

सम्बन्धित समाचार