शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अध्यायनमा छोंटा लेखको महत्व!

अध्यायनमा छोंटा लेखको महत्व!

  • बिहिबार, असार १६, २०७९
अध्यायनमा छोंटा लेखको महत्व!

सुरेशकुमार पान्डे — हामिले पहिलेका दिनहरूमा लेख रचनाहरू लाई निरन्तर अध्यायन गर्ने गर्थ्यौँ।कहिले समय भयको वेलामा सयुँक्त अध्यायन गर्नमा पनि जोड लगायौं।बानी कस्तो बसेको थियो भने बाटमा खसेको कुनैपनि लेख पढ्ने र कामको जस्तो लाग्यो भने खोल्टीमा राखेर घर ल्याउँने,चियाको पसलमा बस्यौं भने अखबार भित्र पस्ने र त्यसका केही आबस्याक शब्दहरूलाई उतार्ने त्यसतो बानि बसेको थियो।लेख रचना कहिले पनि पुरानो हुंदैन भन्ने बिचारको बिकास भयकोथियो।
त्यो वेला हामिले भारतमा नोकरी गर्थ्यो पत्रिका नेपाल बाट पुग्थे ‘दृष्टी साप्ताहिक,महिमा साप्ताहिक,दैनिक लुम्बिनी,पछी नयाँ हांक साप्ताहिक,युगवोध साप्ताहिक लगायतका पत्रिकाहरू खोजी खोजि पढ्यौँ।त्यो पत्रिका छापिएको पन्द्र बिस दिनपछि पुगेपनि खुसि भएर अध्यायनमा जुटेका हुनथ्यौँ।
संगठनहरूका बिधान र मुखपत्र त सिरानीमा राख्ने चलन थियो एक एक शब्द नछाडेर अखबारहरू पढ्ने गर्दा नबुझेका शब्दहरूलाई नोट गर्ने र कहिले कसो क्लास वा छलफलको वेलामा सोध्ने गरिन्थ्यो।त्यसरी हामिले राष्ट्रिय अन्तरराष्ट्रिय घटनाहरूको बारेमा त जानकारी हासिल गर्थ्यौ नै आफुले पनि शब्दहरूलाई बुझ्ने र बुझाउँन सक्यौँ।
म आफैले पनि केहि बर्ष अखबार घरघरै गएर बांट्ने काम गरें त्यो वेला कतिपय साथिहरूलाई भन्थे अखबारलाई पढ्नुस र नबुझेका शब्दहरूलाई नोट गर्नुहोला म आर्को हप्ता आएको वेला भनुला ग्राहकहरूले पनि त्येस्तै गर्नु हुन्थ्यो।त्यो वेला लेखहरू लामा लामा हुने गर्थे कहिले एउटा लेख दुई तिन अंक सम्म आउँथ्यो।दिनभरी आर्काको कामगरेर थकित सरिरपनि राती घन्टौ जागेर लेख रचनालाई अध्यायन गर्ने बानिनै बसेको थियो।
बिस्तारै हाम्रो बिचमा कम्पुटर,नेट मोवाईलहरू आए त्यसपछि का दिनहरूमा हाम्रो भेटघाट अलि पातलो हुन थाल्यो अनि लामा लामा लेखहरू पढ्दा मानिसहरूले भोर महेसुस् गर्न थाले।
अब समाचारहरू पनि ओनलाइन पढ्ने र त्यो भेटघाट पनि ओनलाइन हुने गर्न थाल्यो।लामा लेखहरू देखे भने शिर्षक बढेर छाड्दिन्छन समाचारपनि माथि माथीका शिर्षक हेरे अनि पुरा पढ्ने झन्झटनै छाडिदिन्छन त्यसरी उनिहरूले कुनैपनि लेखको सतह सम्म पुग्न सक्दैनन्।
समाजमा यस्तो देखेपछि मेरो मष्तिकमा एउटा कुरा आयो अब थोरै शब्दमा धेरै ब्याख्य गर्ने बाटो खोज्नुपय्रो त्यसैलेले “गजल”को बारेमा अध्यायन गर्नथालें तर सुरू सुरूमा अन्य लेख भन्दापनि गजल लेख्न धेरै अपठ्यारो महेशुस् भयो गजल लेख्न त अध्यायन गरेर मात्रै पुग्दैन धेरै गहन मष्तिकलाई खियाउँनु पर्यो,एउका गजल दुइ तिन दिनमा पनि पुरा हुन सकिन।बिस्तारै जनतन गजल त लेख्न थालें तर प्रगतिसिल र देशभक्ती गजललाई भन्दा मयाँ प्रितीका गजललाई बढी रूचाउँदा रहेछन।
अब गजलको बजारमा शंघर्षश सुरू भयो कतिपयले मेरा गजलहरूलाई बहिस्कारनै गरे उनिहरूको बिचारमा गजल भनेको पुरूष र महिंलाहरूको बिचमा हुने प्रेम र अश्लिल बार्तलाब मात्रहो तर त्यो बिचारको बिरूद्धमा लड्दा लड्दै धुप्रैका धम्कि र अमिला शब्दको बौछारको बाबजूद् गजलको बजारमा ठाउँ बनाउँन सफल भंए।
पहिलो पटक”अन्धकार चिर्ने दियो”पुस्तकको प्रकासनमा पुष्प अञ्जलीले साथ दिनुभयो।उंहाले प्रकासन गरेका कयौं सयुँक्त प्रकासमा पनि मेरा गजलहरूलाई नियाल्नु भयोभने बिन्दै महेसुर्स् गर्नुहुनेछ।
त्यो पुस्तिका लगभग सिमित मात्रामा मात्रै बिक्रि भयो पछि आर्को ऐतिहाशिक कृती”देशभक्ती आवाज”प्रकासन गरें त्यो वल्डमा पुग्यो।यसरी लगातार गजलकै माध्याय बाट पाठक बर्गको बिचमा देशभक्ती भावना र क्रान्तिकारी बिचारलाई पुराउँदै आएकोछुँ।
केही बर्ष देखी लगातार मुहार पुस्तिकामा बिहान बेलुका दुइवटा गजलहरू लेखेर पोष्ट गर्दै आएकोछुँ।यसको अलावा सोर्ट आर्टिकल”छोंटा लेख”लघुकथा,मुक्तक,कविताहरू पनि लगातार पस्किंदै आएकोछुँ।मेरा नियमित पढ्ने पाठक प्रसंसकहरूको नियमित लाइक कमेट सुझाव लेखेर होसला दिंदै पनि आउँनुभयकोछ।
कुनैपनि रचनाकारहरूलाई उनिहरूका खुट्टातानेर प्रताडित गरेर उनिहरूको भित्र गुम्सिएका प्रतिभाहरूको गर्भमै मृत्यु गर्ने खालका कयौं कथित लेखक र कथित साहित्यकारहरूको पनि भिड देखिन्छ।यस्ता लेखकहरू आफु अब्बल बन्नको लागी अन्य प्रतिभाहरूको हत्यागर्न पुग्छन।कुनै पनि ब्याक्तीको भित्र कयौं रचनाहरू लुकेका हुन्छन त्यो प्रतिभालाई चिन्ने र फिल्टर गर्ने तिखार्ने बटार्ने काम गर्नुपर्छ।साहित्ये शुद्ध हुनुपर्छ त्यो एउटा पक्षहो तर साहित्यकार बिशुद्ध भने हुनुहुँदैन।अहिले छोटा लेखहरूको माग धेरैछ कसैलेपनि लामा लामा लेखहरूलाई रूचाउँदैनन्।हुन त ति लामा लेखहरूले बिषय बस्तुको सामाजिक राजनीतिक सतहमा पुगेर चिर फार गरेका हुन्छन।ति लेखहरूको अध्यायनले पाठकहरूलाई सचेत गर्दै बिषय बस्तुको चिरफार गर्न ठुलो योगदान पनि दिएका हुन्छन।तरपनि अहिलेको पुंजिवादी प्रतिसप्रदामा कसैको पासमा समय हुँदैन त्यसकारणले पनि छोंटा लेख समयको माग भयको आभाष हुन्छ।

चर्चामा

सम्बन्धित समाचार