आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • हामिले एक आर्कालाई सराप्दै जाउं क्रान्ति अबस्य हुन्छ।

हामिले एक आर्कालाई सराप्दै जाउं क्रान्ति अबस्य हुन्छ।

  • बुधबार, चैत्र २३, २०७८
हामिले एक आर्कालाई सराप्दै जाउं क्रान्ति अबस्य हुन्छ।

सुरेशकुमार पान्डे — अहिले वास्तबिकरूपमानै देश प्रतिगमन तिर कसैले ढेकल्दैछन भने राजवादीहरूले तान्दैछन।यो वेलामा
आफुलाई क्रान्तिकारी भन्नेहरूले क्रान्तिको वेमौसमी बाजा बजाउँदैछन।जस्लाई एउटा आलोचना पच्दैन अनुसाशन पच्दैन पदलोलुप्ता र स्वार्थको राजनीति गर्दै गएपछि त महान क्रान्तिकारी भैहाल्छौं।
रातो झण्डा उचालेर मात्रै क्रान्ति कारी होइदैन न त लामू दारीपालेका सबै मार्क्स एंगेल्श हुँन्छन्।त्यसको लागि धेरै आत्मा त्याग र बलिदानको दृघाकालिन शंघर्ष गर्नुपर्छ।
एउटा एउटा ब्याक्तिलाई सचेत संगठित गरेर राजनीति गर्न त्यति सजिलो हुंनेछैन जति बनिवनाउँ घरलाई भत्काउंन हजिलो हुन्छ।
संगगठनको भित्र गुट बनाएर पदको लागि नीजि सुःख र सुबिधाको लागि मरिहत्य गर्नेहरूले आफुलाई क्रान्तिकारी भनेर क्रान्ति सम्पन्न हुन्छ र?मानिसले आ आफ्नो क्यारियर बनाउन हिंडेका अवसरबादीहरूको स्वार्थ पुरागर्न आफ्नै घरलाई फुटाएर शक्तिशाली भइम भन्दैमा शक्तिशाली हुनेभय अहिले सम्मका थुप्रै शक्तिहरू आफ्नै अस्तित्वमा रमाउँने थिए देशमा नौलो जनवादी क्रान्ति पनि सम्पन्न हुने थियो।
यथार्थ यो हो कम्युनिष्टको जनम सँगै अवसरबादको पनि जनम भयो र प्रतिकृयावादीहरू कम्युनिष्टलाई बद्नाम गर्ने टुक्रा पार्ने योजनापनि सुरू भयो।फरक यत्तिहो वेला बखतमा विस्वका प्रतिकृयावादीहरूले मौका ढुकेर बसेका अवसरबादीहरूलाई प्रयोग गर्दै आयो अहिलेको अवस्था कम्युनिष्ट रक्षात्मक छ र अवसरबादको घिनलाग्दो जाल विस्वमै फैलिएकोछ।उनैहरूका मोहरा (गोटी)वेला वेलामा क्रान्तिकारी शक्तिहरूपनि भएकाछन।संगठनमा कहिले कसो गलत निर्णयपनि बहुमतले लिन पुग्छ त्यो ठुलोकुरा पनि होइन तर क्रान्तिकारीहरू कुनैपनि वेला आफु अल्पमतमा परियो भनेर हरेस खांदैनन् र शंघर्ष गर्नेगर्छन त्यसो नगरेको भए रूसमा त्यो महान अक्टुवर क्रान्ति पनि सम्पन्न हुंने थिएन।पार्टी भित्र छलफल गर्ने तौर तरीका लेनिनवादी हुंनुपर्छ त्यो लेनिनवादी हतियारले नै हामीले क्रान्तीकारी आन्दोलनलाई अगाडी बडाउँन सक्छौँ।तर नेपालको कम्युनिष्ट आन्दोलन जहिले पनि आफुलाई लाग्यो बहुमतले गलत निर्णयलियो त्यसको लागी आन्तरिक छलफल चलाउँने गर्नुको साटो आफुलाई लागेका कुराहरू भाइर ल्याई दिन्छन अनि पार्टीलाई कार्वाही गर्न बाध्य बनाई दिन्छन।अहिलेका क्रान्तिकारीहरूमा कत्ति सहनसिल्तानै छैन आफुलाई लाग्यो यो गलतहो उस्ले बिद्रोह गर्यो अनि यही चालाले देशमा मात्रै होइन सिंगो कम्युनिष्ट आन्दोलनमा गुट उपगुट बनेर बेग्ला बेग्लै हांगा बांगा हाल्दै गएकाछन। उनिहरूको यहि ब्यबहारले आज देशमा कुन कम्युनिष्टहो कुन होइन कस्ले मार्क्सवाद लेनिनवादी सिद्धान्त अगालेकोछ कस्ले छैन यि याबत कुराको छिनो फानो गर्न आम जनताले सक्दैनन्।सबैका छण्डा एउटै रङ्का हुन्छन सबैले आफुलाई कमम्युनिष्ट भन्छन अनि यिनै राजनीतिक पार्टीहरूले जनतालाई उल्लु बनाएर आ-आफ्ना स्वार्थ पुरागर्ने गरेकाछन।धेरै जसो ब्याक्तिहरू र स्वांय घोषित नेताहरूले आ आफ्नो स्वार्थ पुरा गर्न कम्युनिष्टको लोगों लाई प्रयोग गरेकाछन।
एउटा परिवार भित्र चार भाई अलग अलग कम्युनिष्टमाछन यो खास गरेर कम्युनिष्ट भनौदाहरूले जनताको घरमा दरार पाईदा गराएकाछन भाई भाई लडाएकाछन।कतै नीति सिधान्त को नाममा दिनौ छलफलको बहानामा लडाई झग्डा बोली बाराबार हुंदै आएकोछ।कुनै पनि पार्टीले कसैको घरमा दाना पानी भर्दिन्न,सम्पत्ति किन्दिन्न फेरी किन यो भाई भाईमा काटकाटछ?राजनीति आन्दोलनमा जसलाई जुन नीति राम्रो लाग्छ आफ्नो इचक्ष्यानुसार स्वतन्त्र रूपमा जावस आवस ब्याक्तिलाई गाली नगरोश आफ्नो फाइदाको लागि ब्याक्तिको चरित्र हत्या गर्ने गालिगलौज गर्ने त्यो सबै एक प्रकारको अप्राधहो।राजनीति लाईन आगाडी सारौं मैत्रिपूर्ण छलफल गरौं तर भयका नभएका आरोप कसैले कसलाई न लगाउँ।हाम्रो लडाई त राष्ट्रियताको हितमा र जनताको हितमा हुनुपर्छ त्यसको लागी देशभक्तहरू सँग सहकार्य गर्नैपर्छ।बिदेशी दलाल बाहेक सबै राष्ट्रिय पुंजुपती समेत हाम्रा मित्र शक्तिहुन हामिले उनिहरू सँग पनि सह कार्य गर्दै जानुपर्छ।अहिले आफुलाई लाग्यो भन्दैमा ब्याक्तिलाई जेसुकै आरोप प्रतिआरोप लगाएर हामिले आफ्नै खुट्टामा बञ्चरो हानेका हुन्छौं यो नै गलत बिषयहो।
कम्युनिष्ट आन्दोलनलाई अध्यायन गरेकाले यो सबै जानबुझेर गरेकाछन तर अध्यान नगरेकाले उनैको हो हल्लामा आफुलाई मोहरा बनाएकाछन त्यस बारे साथिहरूले धेरै लामू समय सम्म पर्खिनु नपर्ला।कतिपय हामिबाट रूठेका साथिहरू पार्टी भित्र हुनेवेला हामिले कुनै वेला उनिहरू हामि भन्दा सिनियर साथिहरू सँग आफ्नो दुखासो पोख्ने वेला बिभिन्न तर्क दिएर कालोलाई सेतो बनाउँन खोज्थे अहिले उनै साथिले सेतोलाई पनि काल भन्दै हिंडेकाछन।
किन भने उनिहरूले त्यो लाईन बाटो बिराई सकेकाछन र जो जंहाछ उस्ले आफु भयको ठाउँ सफाछ भन्ने सोंचेर आफुले छाडेको ठाउँ फोहोर थियो भन्न खोजेका हुन्छन त्यो शही बिचार होइन समय लाग्ला तर सहिर गलत छर्लङ्गै हुन्छ भन्ने हामीलाई लागेकोछ।
यि सबै वेला बखतका कुरा हुंन।हिंजो बाबुराम भट्टराई भारतमा मजदुरहरूलाई क्रान्तिकारी क्लास दिन्थे,टोप बहादुरले क्रान्तिका गुर सिकाउँथे उनिहरू कहांछन हामी सँग काम गरेका हाम्रा सहपाठीहरू उनिहरूको भ्रममा परेकाको अबस्था केछ त्यो सबै कुरा हाम्रो बिचमा छर्लङ्गैछ।
अहिले साथिहरूले एउटा समनवय समीति बनाउंनु भएकोछ त्यो कुन उदेश्यले प्रेरितछ त्यसबारेमा मलाई जानकारी हुने कुरापनि होइन तर मेरो ब्याक्तिगत बिचार भन्नुपर्दा साथिहरू फुटेर क्रान्तिकारी आन्दोलनलाई फाइदाछैन।यदी यो संगठनले क्रान्ति गर्ने भयो भने कसैलाई भन्नुप्रदैन क्रान्तिकारीहरू स्वांस्फुर्त रूपमा जुट्दै जानेछन तर कसैलाई गालि गरेर कसैको चरित्र हत्या गरेर भने कसैलाई पनि फाइदा हुंदैनन् भन्ने सबैले बुझ्नुपर्छ।अहिले देशमा राजाबादीहरूको चहल पहल बढेकोमात्र छैन उनिहरूले भित्रभित्रै जाल बिछाएकाछन पुराना कम्युनिष्ट क्रान्तिकारी भनौदाहरू समेतले राजा सँग मिलेर जान सक्किन्छ भनिरहेकाछन।हिंजो त्यही कुरा कांग्रेस ले पनि नभनेको होइन सेरेमोनियल किंग को धारणा धेरै पहिले गिरिजाप्रसादले अगाडी सारेकाथिए।
त्यो वेला हामिहरूले त्यसको बिरोध गरेका थियौं अहिले खास गरेर केपि ओलि शर्माको बिचार राजतन्त्र र भारत प्रस्त हुंदै आएकोछ साथै उनले हिंदुधर्मको वकालत पनि गरेका थिए यस्ता कयौं ब्यबहारिक पक्षहरूले ओलि स्वायम प्रतिगामी भयको कुरा प्रष्टैछ।
अहिले वास्तबमा प्रतिगामी र गणतान्त्रीक शक्तिहरू बिचको शंघर्ष हो भनेर भन्न सक्किन्छ।सरसरति हेर्दा ओलीलाई कम्युनिष्ट भन्नेहरूले भन्नेहरूले ठुलो भुल गर्दैछन उनि सँग वाम एकता समेत हुन नस्कने अबस्थाछ बरू उन्लाई पाखालगाएर वामपन्थिहरूले एकता गरे ठिक हुनेथियो।
अहिले देशमा देशभक्त तथा गणतन्त्रबादीहरूको एकता अपरिहार्यछ।साथिहरूले जानि नजानि ब्याक्तिगत रिसवी राखेर देश र गणन्त्र समेतलाई नोक्सान नपुराउंनुहुन हामिले आवहान गर्दछौँ।एक ले आर्कालाई सरापेर होइन तालमेल गरेर जनताले रगत सँग साटेको गणतान्त्रीक ब्यबस्था र धर्मनिरपक्षियता लाई जोगाउँनु पर्छ र देशलाई हामि सबै एकढिक्का भएर जोगाउँने क्रतब्य हो।

चर्चामा

सम्बन्धित समाचार