आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • देशको अबस्था र स्थानिय निर्वाचनको बारे।

देशको अबस्था र स्थानिय निर्वाचनको बारे।

  • मङ्लबार, चैत्र २२, २०७८
देशको अबस्था र स्थानिय निर्वाचनको बारे।

सुरेशकुमार पान्डे — अहिलेको स्थानिय तहको निर्वाचनमा कसलाई भोट दिने ?यसबारेमा आम जनताले बुझ्नै पर्ने कुरा केहो भने चुनाव न त परमपराहो न रम्मितागर्ने ठाउँहो चुनाव देशको एकप्रकारको सम्वेदन सिल प्रकृयाहो।जसलाई पुँजिवादीहरूले प्रजातन्त्रको रिड पनि भनेर भन्छन।जसलाई धेरै सोंचेर बिचार गरेर नागरिकहरूले आफ्नो अमूल्य मतको सही ठाउँमा प्रयोग गर्नुपर्छ।
चुनावमा साख्खै आफ्नो साइनो प्रने वा परिवारको सदस्य कन्डिडेट भएपनि उसले कुन पार्टीको प्रतिनिधित्व गर्छ र त्यो पार्टीले कस्को प्रतिनिधित्व गर्छ यसबारे हामि सबै सचेत भएर देशको हितमा मतदान गर्नुपर्छ।
भन्नलाई सबैले आफुलाई देशभक्त भन्छन तर उनिहरूको ब्यबहारले कसलाई फाइदा पुराएकोछ त्यसबारे पनि हामिले मुल्याङ गर्नुपर्छ।हुन त बुजुर्वा हरूको जस्तो सोंच एउटा क्रान्तिकारी पार्टी वा संगठनको हुंदैन र हूंनुपन हुंदैन।क्रान्तिकारी पार्टीले चुनावलाई क्रान्तिको आधार तैया पर्ने उदेश्यले चुनावमा भाग लिने गरिन्छ र चुनावलाई बुजुर्वा हरूले झैं जिवन मरणको प्रश्न बनाउँदैनन्।बनाउंनु पनि हुंदैन तर अहिलेको यो भिषण परिस्थितिमा राष्ट्रियता र गणतन्त्रको रक्षाको सवाल हाम्रो माझमा भ्युटावर जस्तै ठिङ्गै उभ्भिएकोछ।
त्यसैले पनि हाम्रो दाइत्व राष्ट्रियता र गणतन्त्रको रक्षा गर्ने हुनुपर्छ।देशमा बिदेशका दलाली गरेर ज्यु पाल्नेहरू र प्रतिगमनको जाल फैलाउँन शामन्तको दिन रात चाक्री गर्नेहरूको कमिछैन उनिहरूको यस्तो ब्यबहारको भण्डाफोर्ड गरेर मात्रै हामिले साडे छे दशक देखिको जनशंघर्ष द्वारा प्राप्त भएको गणतन्त्रको रक्षा गर्न सक्नेछौं साथै अमेरिकन साम्राज्यबादी शक्तिले जबर्जस्ति घुसाएको आइ पि एसको अंग एम सीसीलाई खारेज गराउँने र संघियता समेतलाई खारेज गर्नको लागि ब्यापक रूपमा जन दवाब दिन सक्किनेछ।
आज हाम्रो देशका कार्यपालिका,न्याय पालिका र ब्यबस्थापिका समेत अपाङ्ग वा ठप्प भयको अबस्थाछ।
शिक्षा,स्वास्थय र आर्थिक अबस्था डांबाडोल भएको अबस्थामा देशले ठुलो सङ्कटको सामना गर्नु पर्नेछ।एका तिर देशमा भुमाफियाहरूको लामबद्धछ महंगिले सिमाना नागेकोछ भ्रष्टचार चरम अबस्थामाछ।
आम जन जिवन अत्यान्तै कष्टकरछ देशमा राम्रो नागरिक अस्पत्तालको अभावछ सरकारी शिक्षानसंस्थामा राजनीतिक करण भएकोछ,सार्वजनिक संस्थानहरूमा राजनीतिक करण जस्को शक्ति उसैको भक्तिछ।किसानहरूको लागी समयमा मल बिउ र सिंचाइको ब्यबस्था नहुंदा बढि मुल्य तिरेर किसानहरूले स्वांम ब्लेकमा मल बिउको ब्यबस्था गरेका हुन्छन।डिजल १२५र पेट्रोल लगभग एक सए पैंतालीस पचासमा बिक्रि गरिन्छ।देशमा वाइक कारहरूको छिमेकि मुलुक भारतमा भन्दा दुई गुणा बढी रेटछ आम ब्याक्तिली एउटा वाईक समेत चलाउँन नसक्ने देशको अबस्थाछ।
आर्को तिर सरकारले वेमतलबका भ्युटावरहरू ठडाएर अरबौं रूपियाको घोटाला गरेकोछ।धनले पुग्छ भने राष्ट्रिय लेवलमा पुलहरू बनाउंनुस सडक बनाउँनुस सवारी साधन किनेर जनतालाई सुबिधा दिउँ।अहिले बसहरूले मनोमानी भाडा असुलेकाछन कुनै पसिन्जर यात्रुहरूलाई टिकट दिईदैन देशमा जंङ्गल राजछ कोविडको समयमा एउटा बसमा दुइ बस भन्दा बढि यात्रुहरूलाई ओसारेका हुन्छन यस्तो अबस्था नागरिकहरूले भोग्नु परेकोछ।
प्राइबेट स्कुल र कालेजहरूको भिड्छ निजि अस्पत्तालहरूले लुट मच्चाएकाछन।देशभित्रका थोरै जमिन भ एका गरिब किसानहरूको तरकारी नबिकेर खेतमा सडेकोछ।सरकारले बिदेशीहरूलाई बिशाक्त खाध्यान सामाग्रि तरकारीहरू बेच्ने छुट दिएकोछ।यि यावत ब्यबहारको बिरोधमा देशभक्तहरूलाई भोट दिएर आफ्नो स्वाभिमान र राष्टियताको रक्षा गर्न सक्ने जन प्रतिनिधिको छनोट गर्ने क्रतब्यहुन्छ।तर जहिले पनि उनै पार्टीका प्रतिनिधिहरूले जित हासिल गरेका हुन्छन जसले साम दाम र दण्ड दिन सकेको हुन्छ।हाम्रो देशका जनता किन सम्वेदन सिल हुँदैनन्?किन आफुलाई जिम्मेवार नागरिक सम्झिदैनन्?किन एक दुई छाक मासु र भातमा आफ्नो खुट्टामा बञ्चरोले हान्छन?अब जनताले आफुलाई देशको जिम्मेवार नागरिक सम्झेर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ।
अहिले हाम्रो देशलाई बिदेशका दलालहरूले गर्दा अर्थ ब्यबस्था डांबाडोल पारेर आर्को श्रीलंका बनाउंन थालेकाछन।जसले एमसीसीको जनम काल देखि बिरोध गर्दै आएकोछ उसैलाई बद्नाम गर्ने र एमसीसी बिरूद्धको आन्दोलनलाई कम्जोर बनाउँन लगातार जोड लगाएकाछन।
अहिले देशलाई प्रतिगामी ताकतले आफ्नो आघोसमा लिएर जन अधिकारलाई कुण्ठित गर्ने र देशलाई फेरी राजतन्त्रको हातमा सौंपने कयौँ आफुलाई कम्युनिष्ट भन्नेहरूको शड्यन्त्रछ।त्यसको भण्डाफोर्ड गर्दै देशभक्त तथा गणतन्त्रबादी शक्तिलाई विजय गराउँनु आजको आबस्याकता मात्रै होइन हरेक नागरिकको क्रतव्य हो भनेर बुझ्नुपर्छ।
देशमा हुनै आम चुनाव वा स्थानिय निर्वाचन सधैभरी अधुरा र अपुरा भएको हुन्छ त्यो किन भने एक त निर्वाचनको वेला नेताहरूले जनतालाई उनिहरूको बुद्धि भुटेर, दवाब दिएर जनताको स्वतन्त्र मतलाई आफ्नो ताकत वा पैसाको ताकत देखाएर आफु ठुला पार्टी भयको धाग जमाएर भोट ऐंठ्छन।आर्को देशका एक करोडको हाराहारीमा जनाहरू नागरिकहरू बिदेवका तमाम देशहरूमा आफ्नो रोजगारको लागी गयका हुन्छन र उनिहरूको मत ब्यार्थै गएको हुन्छ।देशका शिक्षित बर्ग युवाशक्ति बिदेशमा भयको वेला हुने यो निर्वाचन एक प्रकारले अधुरानै हुन्छ।बिदेश बाट मतदान गर्न देशमा फर्किंदा आर्थिक भार त्यो मात्रै होइन छुट्टिको समस्य कतिपयको नोकरीनै छुट्ने परिवार सहित बिदेशमा बसेका हरूको झनै जटिल समस्य हुन्छ सरकारले आफ्ना नागरिकहरूको हकमा आफु बसेको ठाउं बाटनै मतदानको ब्यबस्था गर्नु पर्नेहो र सर्वोच्चको फैसलाका बावजुद सरकारले त्यो ब्यबस्था अहिले सम्म नगर्नु अत्यान्तै छोवको बिषयहो।याबत समस्यका बाबजुद अहिलेको निर्वाचनमा भाग लिएर देश भक्त तथा गणतन्त्र प्रेमिहरूलाई आ-आफ्नो अमूल्य मत दिनुपर्दछ।अहिले
देशमा उत्पादन सुन्य अबस्थामा देशले बस्तु निर्यात गर्न नसक्दा अहिले नेपालको टाट पल्टाई नजिक्कैछ भनेर कयौं बुद्धीजीवीहरूले लेख्दै आएकाछन।अहिले देशको अबस्था कस्तोछ भने बिदेशी रेमिटेन्स पनि घट्दै गएको र  देशमा उत्पादन गरेर निर्यात गर्न देशले नसकेको अबस्था त छंदैछ सरकारले राज्यस्व प्राप्त गर्ने योजनामा तिस लाख बाट घटाएर दश लाखको जग्गा जमिनको कारोबार गर्दा बेच्ने र किन्ने दुबैजनाले राज्य स्व तिर्नुपर्ने नियम भएपछि अब खरिद र बिक्रि गर्नेहरूकै समझ्दारीमा मूल्य थोरै वा सरकारी रेट अनुसारको मूल्य राखेर बिक्रि बितरण गर्न थालियो यसरी जमिन बिक्रि बाट उठ्ने राज्यस्व एटोमेटिकनै कम हुंने भयो।
भारत बाट लगेका पैसा बैंकमा सट्टि गर्दा बिभिन्न डोकोमेन्ट जम्मा गर्नु पर्दा त्यो झमेला बाट बच्नको लागी भाइर बाटै आर्थिक कारोबार हुन थाल्यो यो त्यसरी मुन्द्रा बेच्ने र किन्ने दुबैजनालाई फाइदा हुंने भयकोले मानिसहरू अब बैंकमा जांलैनन् यो चुहावट बाट देशको राज्यस्वमा थप घाटा हुंदै जानेहो भने देशको निकट भबिश्यमा टाट पल्टिनेछ।
आखिर सरकारले लिएको गलत नीतिका कारण देशले महंगि र आर्थिक घाटाको संकट झेल्नु पर्नेयकोछ।अहिले सार्कका आठौटा राष्ट्रहरू मध्य सबै भन्दा नाजुक अबस्थामा श्रीलंका र त्यसपछि नेपाल देखिएकोछ।एका तिर जमिन यति महंगियो तराईमा एउटा घडेरी किन्नको लागी जीवनभरी बिदेशमा गएर बिदेशीको गोठालो बन्नुपर्छ कृषियोग्य जमिन तराईमा लिन सकिदैन अनि देशभित्र रोजगारको ब्यबस्था छंदैछैन यो कहाली लाग्दो अबस्थामा हाम्रो देशका जनताले के गर्ने?अहिले एउटा नागरीकको टाउकामा पचास हजार भन्दा बढी रिण भैसक्यो।
देशमा आर्थिक संकट आएपछी देश बर्वाद हुन्छ भन्ने अहिलेको उधारण श्रीलंका लाई देख्न सकिन्छ।
देशमा अहिले अत्यान्तै जटिल अबस्था सिर्जित भयकोछ।
अहिले ३२अरब डाँलर२.३६ अरब डालर भन्दा कम देशमा सिंचित बिदेशी मुन्द्रा।बिदेशी मुन्द्रा भण्डार लगभग सकिसकेको हालको एउटा समाचारले जनाएकोछ।श्रीलंका इतिहाशको सबैभन्दा बित्तिए संकटमा परेकोछ।
श्री लंका जनतान्त्रिक गणराज्य समाजवादी भनेर चिन्निने मुलुकहो।दक्षिण एसियामा हिंद महासागरको उत्तरी भागमा स्थित एउटा द्धिपिय देश हो।भारतको दक्षिणमा स्थित भारत बाट कुल३१किलो मिटर टाडाछ।यसरि यो भारतको लागि नेपाल जस्तै नजिकको छिमेकी देश पनि हो।
सन १९७२सम्म एसको नाम “सीलोन” थियो जस्लाई सन१९७२मा बदलेर लंका र पछि सन १९७८मा सम्मान सुचक शब्द श्री लगाएर श्रीलंका भयो।
श्रीलंकाको सबैभन्दा ठुलो सहर कोलोम्बो शमुन्द्रिय परिवहनको दृष्टीले एउटा महत्वपुर्ण बन्द्रगाहा पनि हो।यंहा (वेदास)जनजातीहरू पाइन्छन पाक जल सन्धि भारत श्रीलंका को माध्यायम द्वारानै भयको थियो।श्रीलंका र भारतको बिच राम सेतु पनि प्रदछ।यँहाको राज भाषा सिंहाली,तमिल हो भने राज्य एकात्मक प्राणालिहो।यहांको कुल क्षेत्र फल६५,६१०,वर्ग कि.मीछ।२,१३२४७९१ यो सन २००८को जन गणनाहो।१केनन्द्रिय,२उत्तरी मध्य,३उत्तरी ४पूर्वी,५उत्तर पश्चिमी,६दक्षणी, ७उवा,८सबरगमुव,९पश्चिमी गरी नौवटा राज्यहरूछन।यँहा मुख्य रूपमा सन१९८३देखुन लामू जातिय गृहयुद्ध चल्यो।खास गरेर सरकार र अलगावादी गुट लिट्टेको (प्रभाकरण)बिचमा धेरै लामू गृहयुद्ध भयो।सन२००९मा सरकारले लिट्टेलाई परास्त गर्न सफल भयो।त्यो लडाईमा त्यंहाको सरकारी तथ्याङ्ग अनुसार करिब ८०,०००मानिस मारिए र भन्निन्छ भारत लगारतका ३२देशहरूले यो युद्धलाई आतङ्क वादी घोषित गरेका थिए।करिब २५बर्ष सम्म देशमा लगातार बमबारी हुंदै आएको कुरा कसैबाट लुकेको छैन।त्यो गृहयुद्धले गर्दा देशले ठुलो नोक्सान ब्यह्रोनु पय्रो।
यतिवेला श्रीलंका को आर्थिक संकट इतिहाशको सबैभन्दा चरम अबस्थामाछ त्यसले मानविय सङ्कट सिर्जना गरेकोछ त्यँहा बाट कयौं मानिसहरूले भारतमा सरण लिएको पनि भारतिय समाचारहरूमा भेट्टिन्छ।भनिन्छ श्रिलङ्का बाट नागरिकहरूलाई देश नछोड्न प्रसाशनले अनुरोध गरेकोछ तर त्यंहाका कयौं परिवारहरूले भोक भोकै बस्न बाध्य भयको समाचारहरूले जनाएकोछ।एउटा ब्रिडलाई दुई सए चालिस नेरू एक कप चिया एक सए साठी नेरू तिर्नुपर्छ भनेर भन्निन्छ तेल समेत प्रसासनले पुलिसको उपस्थितिमा बितरण गरेको समाचारछ।अहिले धेरेपरिवारहरू भारत तिर सरण लिन आएको खबर पनिछ।
श्रीलंका को यस्तो अबस्था देख्दा हामी नेपालीहरू सजग र सचेत नहुंनेहो भने देशले ठुलो संकट झेल्नु पर्ने देखिन्छ।अहिले नेपाल आयल निगमले भारतलाई तिर्न दश अर्ब रूपिया बांकी भएपछि देशमा समस्य देखिएकोछ।यहि राष्ट्रिय परिस्थिति रहिरहनेहो भने हाम्रो देश पनि श्रीलंकाको अबस्थामा पुग्न धेरै समय लाग्नेछैन।
समय छंदै बुद्धि पुरायनौ भने निकट भबिश्यमा नेपालीहरू आफैले गर्दा नेपालको दयानिय अबस्था सिर्जित हुनेछ।अहिले नेताहरूले देशलाई आत्मा निर्भर गराउँनुको साटो आफुले बिदेशमा दुःख देखाएर अनुदानको लागी हात पसार्ने र त्यो पैसाले आफुहरूले ऐयासि गर्ने ब्यबहार हुंदै आएकोछ यो राम्रो संकेत भने होइन।देशमा संघिय ब्यबस्था बिफल भएकोछ भन्ने बारे सत्तामा बसेकाहरूलाई थाहाछ तर पनि त्यो खारेज गर्न जानेर चाहेकाछैनन्।अहिले सबै नीजि स्वार्थ छाडेर देशको बारेमा सोंच्नुपरेकोछ।अन्यथा हाम्रो देशले निकट भबिश्यमा ठुलो दुर्घटनाको सामना गर्नु पर्नेछ।एउटा देशभक्तले अहिले राष्ट्रिय झण्डा उचालेर सिमानामा मानव शाङ्गोलो बन्ने देशको अबस्था आएकोछ।

चर्चामा

सम्बन्धित समाचार