शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कुथुंग्री “होलिका”

कुथुंग्री “होलिका”

  • मङ्लबार, चैत्र ८, २०७८
कुथुंग्री “होलिका”

शिशिर ऋतु क्षितिज पारी पुगेर विदाइको हात हल्लाउँदै थियो । बसन्त ऋतु भने जन्मिनेवाला थियो । हराभरा भएर । होलीको दिन थियो । अरुअरुहरूको लागि होली रंग पर्वमात्र थियो तर मेरो खास थियो । किनकि यही होली आफ्नी प्रेमीकासँग खुब धुमधामले खेल्नेवाला थिएँ । पहिलो चोटी ।

यो होली हामी दुईले सँगै खेल्ने अबसर एउटा सँस्थाको तालिमले जु्राएको थियो । होलीको रंग पनि जीवनमा पहिलो पटक दल्दै थिएँ म आफ्नो जिउमा । विहान तालिम संचालन गरीयो । आज होलीको दिन भएकाले होली खेल्ने निर्णय गरीयो । दिउसोको तालिम स्थगित गरेर । किनकि आजको दिन मैले प्रशिक्षक भएर तालिम दिइरहनु भन्दा मायाको मायामा डुबेर खुब पौडीनु थियो । आजको हालीलाई जीवन्त पार्नु थियो । तालिम हलमै एकअर्कालाई रंग दलादल गरेर होलीको शुभकामना आदान प्रदान गरीयो । म हतारमा हलबाट निस्किएर कल गरें मायालाई । मलाई पनि खाना आज मायाकोमा पाकेको रहेछ । आज मन निकै चञ्चल छ । एक्लै चंगा बनेर माथिमाथि उडीरहेको छ । मैलै हातमुख धोएर मायाको कोठाको बाटो तताएँ ।

माया मेरै प्रक्षिमा थिइन् । कसैले देख्छकि भन्ने डर मनमा हुँदाहुँदैपनि मायाको चोखो मायाले डर जति परास्त पारिदियो । म सिधै मायाको कोठामा पुगेर बन्द ढोकालाई ढकढक गरें । एक्कै छिनमा ढोका खुल्यो । ढोका बाहीर र भित्रबाट मुस्कानको बहारसँगै हेराहेर भयो माया र मेरो । बल्ल म प्रबेश भएँ कोठाभित्र । दुवै जनाले रंग लगायौँ । हाम्रा गोरा अनुहार राता भए । आज होलीको अबसरमा मायाको बाँया हातको कान्छि औँलामा चाँदीको रिङ्ग लगाएर निधारमा चुम्वन गरेर बोलें । आजबाट तिम्रो नाम माया होइन होलीका हो । सिर्प होलीका मेरी होलिका ।
सुरेन्द्र शाही “गुलाब कान्छो”
सुदुरपश्चिम प्रदेश संयोजक
विश्व नेपाली साहित्य प्रतिष्ठान

चर्चामा

सम्बन्धित समाचार