शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • म बाँचेर के फाइदा!

म बाँचेर के फाइदा!

  • मङ्लबार, चैत्र ८, २०७८
म बाँचेर के फाइदा!

सुरेशकुमार पान्डे — एकजना मित्रले म सँग एउटा प्रश्न गर्नुभयो तपांईले निर्धक्क सँग लेखिरहनुहुन्छ के तपांई लाई कत्तिपनि डर लाग्दैन?
हो यस्को म सँग एउटा उत्तर मात्रछ आखिर म बांचेर के गर्ने जबकी मैले समाजिक राजनीतिक क्षेत्रमा भ एको अन्याय अत्याचारको बिरोध गर्न सक्दैन।लाचार भएर बिवस भएर भ्रष्टचारीहरूले बक्सिश दिएको जीन्दगी बांचिरहनुको कुनै अर्थछैन।
यो चराचर जगतमा जिव जन्तुहरू पशु पंक्षिहरू सबै मरेका हुन्छन मलाई पनि एकदिन मर्नैछ।सरिरमा बिमारी लागेर मर्नेहरूको भिडहुन्छ।नमर्नेहरू यो संसारमा कुनै जीव जन्तु छैनन्।
मानिस भएर जन्मिएपछी मानिसकै काल मर्नुपर्छ पुशुतुल्य जीवन बांच्नुभन्दा हजारौं हजार राम्रो मानिशको मृत्यु मर्नु हुन्छ।मानिसनै यो जगतका सबै प्राणी मध्यको सचेत सुवेकसिल चेतन शिल प्राणी भएकोले अरू जीव जन्तुको भबिश्य समेत मानिसको हातमा निहितछ हामिनै पसु तुल्य भएपछि ति पसुहरूले हाम्रो उपहाश गर्नेछन पसुको उपहाश सहेर बांच्ने मान्छे भएर पनि मान्छे होइन।
एउटा मान्छेको आफ्नो परिवार हुन्छ समाज हुन्छ र आफ्नो देश हुन्छ।मलाई चिन्नेले भारतमा एउटा नेपाली नागरिकको रूपमा चिनेकाछन म बाटोमा कतैमरेभनेपनि एउटा नेपिली मरेकोछ भन्नेछन।मलाई आफ्नो नाम दिने देश मेरो लागि आमा सरहनैहुँन।त्यसेले मेरो देशलाई बचाई राख्न हामिले हाम्रो देशमा भएको अन्गिन्ती कुसंस्कार भ्रष्टचार लगायतका समाजभित्रका कसिंगरलाई बडार्ने प्रयात्न गर्नुपर्छ यदि त्यसो गर्दा म मरेपनि मेरो बिचार कहिलैई मर्नेछैन।मलाई सयौं हजारौं बर्ष सम्म मेरादेशका जनताले सम्मान गर्नेछन र आफ्नो खांकाको नानि बनाएर राख्नेछन।तर पसुतुल्य भएर कतीका मरे कति कसैलाई के खांचो आज मरेपछि आफ्ना घरैकाले पनि मर्यो हामिले पनि सुःख पायौं भन्लान।त्यस्तो जीन्दगी बांचेर मलाई केफाइदा?त्यसैले जस्तो देख्छु त्यस्तै लेग्छु मर्ने बांच्ने त्यो भबिश्यको गर्भमाछ हामी जन्मिंदाकै दीन यो सरिरको अन्त पनि संगसँगै लिएर आएकाछौं।
आज मानिशलाई मानिसले लुटेको वेला, भुटेको वेला हामि मानवरूपी प्रणाहरूले त्यो अत्याचारको बिरोधमा बोल्नैपर्छ।शंघर्ष जीवनहो र शंघर्षले बांच्न सिकाउँछ हामिसबैलाई।
हामिले देखेकाछौं सत्य तित्तो हुन्छ तरपनि सत्यको सधैभरी विजय हुन्छ।आफ्ना बिचारलाई ब्यबहारमा ढाल्न हामिले आफै संगपनि शंघर्ष गरेकै हुंन्छौं।द्वौन्दत्मक भौतिकवादले हामिलाई शंघर्षगर्न र त्यसको परिणाम बटुल्न सिकाएको हुन्छ।चराचर जगतमा निसेधको निसेध नियम लगुहुन्छ।हामि कतै कुनै खोपी भित्र लुकेर बसेपनि काल आएकै हुन्छ कालले छाडेर जांदैन त्यसैले शंघर्ष गरेर मान्छेको जीवन बांच्नुपर्छ भन्ने मलाई लाग्छ।यि समाजमा बिराजमान भ्रष्टचारीहरू पनि मर्छन उनिहरूले जनतालाई लुटेर कमाएको अकुत सम्पत्ति यही समाजमा छाडेर जानेहुंन।कसैले शुन खांदैन चांदी खांदैन खाने अन्ननैहो जाने घाटनैहो बन्ने राखनैहो फेरी किन डराउँने? मर्नलाई।
जती दिन बांच्छु समाजभित्र आइपरेका तमाम कसिंगरहरूलाई बढार्ने प्रयात्न गर्नेछुँ यो अभियानमा जेसुकै भएपनि पछि हट्नेछैन भन्ने मलाई लाग्छ मेरो आफ्नो बिचारहो मित्र त्यसैले हजूरले चिन्ता कत्ति पनि नमान्नुहोश मेरो लागी सक्नुहुन्छ साथ सहयोग दिनुस सक्नु हुँदैन भने पनि केहीछैन।हामी आ-आफ्नो जीवन बांचेकाछौं।
हाम्रो समाजले आफुलाई महान धार्मिक ठान्दछ तर त्यो भित्र लुकेको पाप छर्लङ्गै देखिन्छ।पसुको बलि चढाएर गर्ने धर्मलाई मैले पाप भन्छु।जनतालाई समाजलाई परमपराको नाउमा भ्रमित गरेर हामीले आफ्नै शन्तानलाई अन्दोलमा पारेका हुंन्छौ किन?हामी त एक्किसौं सताब्दिका महान वैज्ञानिक दौरमा पुगेकाछौँ तर हाम्रो ब्यबहार अठ्ठारौं सदिको पांसिक युगको छ।त्यो परमपरालाई हामीले अहिले पनि जोगाउँन खोजेकाछौ कसैले त्यसलाई भौतिकवादी लिवाशमा ढाकेकाछन कसैले धार्मिक लिवासमा छोपेकाछन तर बिचार र उदेश्य उहिहो।
आ-आफ्नो नीजि स्वार्थ पुरागर्न कोही कसैलाई बोक्सी बनायौं कसलाई झांक्री।तर यथार्थमा बोक्सी पनि आफैछौं झांक्रीपनि आफै।
बिगतका एमालेको सरकार छंदा नेपालमा भएको लुट र भ्रष्टचारलाई अंकित गरेर”लुट्न सके लुट कान्छा नेपालमैछ छुट”भन्ने गीत बाट आक्रोशित भएर ज्यान मार्ने सम्म धम्की दिए! आज “पीर”गीतले ब्यापक बिरोधलाई झेलना परिरहेकोछ हाम्रो समाज कुन मोडमाछ त्यो बारे हामिले बुझ्नैपर्नेहुन्छ|यि कलाकार हरूले अन्याय अत्याचार लाई उजागर गर्ने कोसिश गर्दा उनिहरू लाई ज्यान मार्ने धम्की दिनेहरूले हामिलाई पनि देलान त्यो कुनै नौलो कुरा होइन|

चर्चामा

सम्बन्धित समाचार