शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • नैतिक पतन भयपछि जता जो गयपनि के अर्थ रह्यो ?

नैतिक पतन भयपछि जता जो गयपनि के अर्थ रह्यो ?

  • शनिबार, माघ २९, २०७८
नैतिक पतन भयपछि जता जो गयपनि के अर्थ रह्यो ?

अजय शर्मा योगेंद्र ढकाल माओवादी बाट राज दुत बनेका ब्याक्तिहुन हुन।उनि पहिले मसालमानै थिए यस्ता छामछाम छुमछुम गरेर क्यारियर बनाउँन खोज्नेहरू कति आए कति गए अनगिन्ती छन।डा.बाबुराम भट्टराई,दिनानाथ शर्मा,सिपि गजूरेल,डिलाराम आचार्य जस्ता धेरैलाई मसालले नेता बनायो उनिहरू जस्ता कतिपयलाई जिताएर संसद सम्म पनि पुरायो तर उनिहरू आ आफ्नो स्वार्थमा डुबेर आफ्नो नैतिक्ता गुमाए।त्यस्तै योगेन्द्र ढकालपनि पहिले मसालबाटनै राजनीति सुरूगरेता पनि उन्ले मसाल छोडेको धेरैबर्स भैसक्यो।उनि कहिले माओवादीमा कहिले मसाल र अहिले एमालेमा प्रवेश गराएपछि शूर्यथापा शंकर पोख्रेल र केपी शर्माओलिले जस्ता एमालेका नेता कति खुसी भयर उनि सँग फोटा खिचाएर प्रचार गरेकाछन “मसालका शिर्ष नेता एमालेमा प्रवेश।”कठै अजय शर्माको मसालभित्र कुन हैशियत थियो त्यो थाहा नपाउँनेले मसालका नेता एमालेमा प्रवेश भनेर मख्ख पर्दै फोटा शेर गरेकाछन।त्यसैलाई भनिन्छ “खेत पैरोले लगेको थाहाछैन गेडा गनेर मख्खछन।”
सबैभन्दा ठुलो नीतिहो नीतिबाट पतन भयो भने त्यो जता गएपनि कुनै अर्थ रहंदैन।उनि नीतिबाट पतन भयको बर्सौं भैसक्यो।अब उनि जँहा गयपनि त्यो नैतिक पतन भयको ब्यातिले कसैलाई केहि फरक पर्दैन बरू यस्तै यस्तै ब्याक्तिको जमघट हुंदै गयो भने एमालेको जनताले नै बहिस्कार गर्छन।अहिले मत्रहोईन राजमो र नेकपा मसाललाई बद्नाम गर्न एकजना कुनै अवसरबादले मसाललाई छाड्यो वा पार्टीले कार्वाही गय्रो भने हेडिंग मा ठुला अक्षरमा मसालमा पहिरो गयो भन्दै हाकपार्छन।
पार्टीको नीति शिधान्त र ब्यबहारले पार्टीको हैशियत बन्दै जान्छ।अहिले सम्म मसालमा नैतिक हिन मान्छेको प्रवेश भने भएकोछैन बरू मसालबाट यस्ता कयौं गएकाछन।यसले के बुझाउँछ भने नेकपा मसालमा कतैबाट नैतिक पतन भयका ब्याक्ति प्रवेश गर्न सकेका भने छैनन्।एउटा क्रान्तिकारी पार्टीमा फोहोर जम्मा नहुँनुभनेको शन्तोषजनक बिषयहो बरू अरू पार्टीका ब्याक्ति कार्यक्राताहरूले समयमै फोहोर बाट मुक्तभयर आफ्नो ब्याक्तिगत हैशियत लाई जोगाउँनु अहिलेको समयको माग भयकोछ।
हाम्रो संगठन सांच्चै भन्नेहो भने अहिले सम्म कम्युनिष्ट आन्दोलनको एउटा नर्शरी जस्तै भयकोछ।संगठनले कांचो बस्तु लिएर तिखार्ने मठार्ने गरेरकोछ जव अलि अलि पखेटा लाग्छन भुतुर भुतुर गर्दै उड्छन अहिले सम्म त्यस्तै भै रहेकोछ।एउटा क्रान्तिकारी पार्टीमा लगातार शंघर्ष गर्ने आंट राखेका अहिले पनि अनगिन्ति कार्यक्रताहरूछन।केहि एउटा डुईटा नेताहरूले पार्टी बाट भाग्यो भन्दैमा पार्टी कम्जोर हुँदैन बरू अवसरबादीको झुण्ड निक्लेर गयो भने पार्टी बलियो र सुदृढ निरोगी बन्छ।हामिलाई अजय,जस्ता ब्याक्ति निक्लियो भन्दा दुःख लाग्दैन उनिहरू मौका प्रस्त हुँन जँहा आफ्नो क्यारियर बन्छ भन्ने देख्छन त्यहि हामफाल्छन।बरू निक्लेर जाने कुनै ब्याक्ति संगठनमा थियो कि थिएन भनेर मात्र नेकपा मसाल वा राजमो सँग जोडेर समाचार लेख्नुपर्छ।उनि अजय शर्मा धेरै पहिले देखि मसालमा छैनन्।
आजको पुँजि प्रधान समाजमा मानिसहरू सुख भोगि हुँदै गयकाछन यो बाट अछुतो कम्युनिष्ट आन्दोलन पनि रहन सकेन।त्यसैको परिणाम कतिपय पढेलेखेका आफुलाई बुद्धीजीवी भन्नेहरू पुँजि कमाउँने दाउँमा बुद्धिहिन हुँदै गएकाछन।यो नौलो कुरा पनि होईन र लगातार यो प्रकृया चलिनै रहन्छ।कान्तिकारी पार्टी भनेको कसैको स्वार्थ पुरागर्ने मञ्चपनि होईन बरू एउटा जुझारू क्रान्तिकारी मिलिटेन्स तैयार गर्ने संगठनहो।त्यो कार्य गर्दा कयौं आफ्ना पराया निफन्निन्छन।कुनैले लामु दारी पाल्यो भन्दैमा उस्लाई मार्क्स एंगेल्श सम्झिनु भुल हो।कसैले कुन वेला कस्तो लेख लेख्यो कस्तो भाषन गय्रो भनेर मुल्यांकन गर्नुभन्दा उस्को ब्यबहार देश र देशका जनता पर्ति कस्तोछ आफ्नो बर्ग प्रतिको ब्यबहार कस्तोछ कम्युनिष्टको शिधान्तलाई कत्तिको ब्यबहारमा उतार्न सकेकोछ त्यो बिषयले बढि महत्व राख्छ।कसैले हाम्रो संगठनलाई ब्यक्तिबादी र परिवारबादी बिष्लेषण गर्नु पनि एउटा राजनीतिक अपरिपक्ता हो किन कि कम्युनिष्ट पार्टी भनेको सबैभन्दा पहिले आफ्नो परिवारलाई पनि पार्टी करण गर्नेमा बिस्वाश राख्दछ।परिवारलेनै सपोट गर्दैन परिवारनै सचेत र संगठितछैन भने तपाईले कम्युनिष्ट बिचार आफ्नै घरमा लागुगर्न सक्नु हुँदैन भने समाजमा कसरि लागु गर्न सकिन्छ?यो एउटा नीतिगत बिचारहो।
कम्युनिष्टको उदेश्य भनेको वास्तबिक बर्ग शंघर्षनैहो कम्युनिष्टले बर्ग शंघर्षमा आस्था राख्दछ।समाजमा भयका सोशण दमनको अनत्य भनेको भर्ग बिहिन समाजहो त्यसैको लागि शंघर्ष गर्दा कतिपय मार्क्सवादलाई परिमार्जित गर्न खोज्नेहरू पार्टी संगठन बाट फुटेर जान्छन वा निक्लेर जान्छन वा पार्टी आफैले त्यसतालाई कार्वाही गर्छ त्यस्ता ब्याक्तिहरू मिलेर कहिले कसो एउटा संगठन पनि बनाउँछन त्यो ठुलो कुराहोईन।ठुलो कुराभनेको लगातार पार्टी संगठनभित्र भित्र बसेर शंघर्ष गर्नु तर कतिपय इमानदार ब्याक्तिहरूपनि कतिपय अबस्थामा निरास हुन्छन र पलायन गर्छन उनिहरूको लागि पार्टि भित्र हमेशा ढोका खुला रहन्छ।तर आफ्नो क्यारियर बनाउँने क्यारिरिष्ट प्रकारका अवसरबादी झुण्डले कहिलेपनि संगठनको हित गर्दैन र एउटा क्रान्तिकारी पार्टीले त्यस्ता ब्याक्तिहरूलाई समयमै चिनेर पाखा लगाउँन सक्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार